Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटोयोटाले जापानमा ‘प्रोटोटाइप’ सहर बनाउने

टोयोटाले जापानमा ‘प्रोटोटाइप’ सहर बनाउने


लसभेगास (अमेरिका), पुस २३
टोयोटा मोटो कर्पले सोमबार जापानमा भविष्यको प्रोटोटाइप सहर निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । जापानका माउन्ट फुजीमा स्वचालित कारको प्रयोगशालाका रुपमा हाइड्रोजन इन्धनयुक्त स्मार्ट घरहरु निर्माण गर्ने योजना सार्वजनिक गरेको हो । यसमा अत्यधिक मात्रामा आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधि प्रयोग हुनेछन् । कम्पनीले यसलाई वोभन सिटी भनेको छ । उक्त सहर कसरी निर्माण गर्ने भन्नेबारे हाल कम्पनीले छलफल गरिरहेको छ । यसलाई सुरक्षित, सफा र मनोरञ्जक बनाउने कम्पनीको दाबी छ ।

उक्त क्षेत्रमा निर्माण हुने कार कारखाना भने २०२० मा बन्द हुने छ भने २ हजार घर निर्माण तत्कालै सुरु हुनेछ । यसलाई अनुसन्धाताहरुको घरका रुपमा विकास गर्ने कम्पनीको योजना छ । यद्यपि यो परियोजनाबाट विस्तृतमा कम्पनीले बताएको छैन । तर अर्को वर्षदेखि यसको निर्माण सुरु हुनेछ । कम्पनीको योजनाअनुसार काम गर्न निकै ठूलो बजेट आवश्यक हुनेछ । उक्त सहर १ सय ७५ एकड (७१ हेक्टर) जमिनमा बन्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x