Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमलेसिया छोडेर इन्डोनेसियाबाट पाम तेल आयातको तयारीमा भारत

मलेसिया छोडेर इन्डोनेसियाबाट पाम तेल आयातको तयारीमा भारत


नयाँ दिल्ली, पुस २५
भारतले चालेका कतिपय कदमको मलेसियाले निरन्तर विरोध गरेपछि क्वालालम्पुरबाट पाम तेल आयात गर्दै आएको नयाँ दिल्लीले आयातकर्तालाई इन्डोनेसियाबाट तेल आयात गर्न अनुरोध गरेको छ । भारतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार प्रशोधित पाम तेल आयातमा कडाइ गरेको हो । भारतीय सरकारले उद्योगीहरुलाई समेत मलेसियाको पाम तेल आयात नगर्न सल्लाह दिएको छ । भारत विश्वकै ठूलो पाम तेल आयात गर्ने देश हो ।

प्रत्येक वर्ष भारतले डेढ करोड टन खाद्य तेल खरिद गर्छ । यसमा ९० लाख टन पाम तेलको हिस्सा छ भने ६० लाख टन भटमासको तेल र सूर्यमुखीको हिस्सा छ । भारतले मलेसियाबाट ३० प्रतिशत पाम तेल खरिद गर्छ । इन्डोनेसियाबाट पनि भारतले ७० प्रतिशत पाम तेल आयात गर्दै आएको छ । इन्डोनेसिया र मलेसिया दुवैले पाम तेल उत्पादन गर्दै आएका छन् । मलेसियाले १ वर्षमा १ करोड ९० लाख टन पामतेल उत्पादन गर्ने गर्छ भने इन्डोनेसियाले ४ करोड ३० लाख टन पाम तेल उत्पादन गर्ने गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x