Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडिसेम्बरमा अमेरिकामा १ लाख ४५ हजार नयाँ रोजगारी

डिसेम्बरमा अमेरिकामा १ लाख ४५ हजार नयाँ रोजगारी


वासिड.टन, पुस २७
अमेरिकामा २०१९ को डिसेम्बर महिनामा १ लाख ४५ हजार नयाँ रोजगारी सृजना भएको छ । यसले अमेरिकी अर्थतन्त्र मजबुत देखिए पनि आर्थिक वृद्धिमा केही सुस्ती आएको तथ्यांकले देखाएको छ । उक्त रोजगारी सृजनामा मुख्य गरी खुद्रा र स्वास्थ्य क्षेत्रले योगदान गरेको बीबीसीले जनाएको छ । अहिले अमेरिकाको बेरोजगारी दर ३.५ प्रतिशत छ । जुन अहिलेसम्मकै न्यून दर हो । आम्दानी वृद्धिदर भने नोभेम्बरयता केही खस्केको बताइएको छ । प्रतिघण्टा कमाइ वार्षिक दरमा २.९ प्रतिशतले बढेको छ ।

नोभेम्बरमा यस्तो दर ३.१ प्रतिशत थियो । डिसेम्बरको रोजगारी सृजना अघिल्लो महिनाको तुलनामा कम हो । नोभेम्बरमा २ लाख ५६ हजार पदमा रोजगारी सृजना भएको थियो । विश्लेषकहरुले भने १ लाख ६४ हजार नयाँ रोजगारी सृजना हुने अनुमान गरेका थिए । शुक्रबार अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्र स्वस्थ देखिएको छ । उत्पादन क्षेत्रको रोजगारी सृजना १२ हजारले घटेको छ । नोभेम्बरमा ५८ हजारले बढेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x