Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजब क्यानडाको आणविक ऊर्जा स्टेसनबाट खतराको घण्टी बज्यो…

जब क्यानडाको आणविक ऊर्जा स्टेसनबाट खतराको घण्टी बज्यो…


टोरन्टो पुस २८
क्यानडाको ओन्टारियो प्रान्तको आणविक ऊर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत् उत्पादन प्राधिकरणले जनाएको छ । ‘स्टेसनमा एक ‘घटना’ भएको जानकारी आएको थियो जसले १० किलोमिटर वरपरका मानिसहरूका लागि लागु हुने गरी आपतकालीन सूचना प्रसारण ग-यो’, प्रान्तीय सरकारले स्थानीय समयअनुसार बिहान ७ः३० बजे जारी गरेको सूचनामा बताइएको छ ।

प्रारम्भिक समाचारमा ‘स्टेसनबाट रेडियो विकिरणको कुनै पनि असामान्य चेतावनीलाई अस्वीकार गर्दै नागरिकहरूले यस समयमा कुनै पनि सुरक्षात्मक कार्यहरू गर्नु नपर्ने जनाइएको छ । आपतकालिन समेतको सूचनापछि ओन्टारियो विद्युत् उत्पादन प्राधिकरणले तुरुन्तै ट्विट गर्दै लेख्यो, ‘पिकरिंग न्युक्लियर’ चेतावनी त्रुटिवश पठाइएको हो र सार्वजनिक जीवन वा वातावरणमा यसको कुनै खतरा हुने छैन ।’ सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको सहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x