Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा सुनको आयात शुल्क घटाउन माग

भारतमा सुनको आयात शुल्क घटाउन माग


नयाँ दिल्ली, पुस २९
भारतीय वाणिज्य मन्त्रालयले आयातित सुनको शुल्क घटाउन माग गरेको छ । रत्न तथा आभूषणको निर्यात बढाउन यस्तो माग गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार वाणिज्य मन्त्रालयले बजेट घोषणामार्फत सुनको आयात शुल्क घटाउन माग गरेको हो । भारतले अघिल्लो बजेटमा सुनको आयात शुल्क बढाएर १२.५ प्रतिशत पु-याएको थियो । तर रत्न तथा आभूषण निर्यात उद्योगले भने चार प्रतिशत बनाउन माग गरिरहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अप्रिल–नोभेम्बरमा करिब ७ प्रतिशतले सुन आयात घटेको छ ।

उक्त अवधिमा भारतले २० अर्ब डलरको सुन आयात गरेको हो । सन् २०१८/०१९ को सोही अवधिमा भारतले २२ अर्ब डलरको सुन आयात गरेको थियो । भारतले गत वर्ष बजेटमा सुन आयात शुल्क बढाउँदा व्यापारघाटा घट्न सहयोग पुगेको बताइएको छ । सन् २०१९/०२० को अप्रिल–नोभेम्बर अवधिमा व्यापारघाटा घटेर १ सय ६ अर्ब डलरमा झरेको थियो । १ वर्षअघि उक्त व्यापारघाटा १ सय ३३ अर्ब अमेरिकी डलर पुगेको थियो । भारत विश्वकै धेरै सु्न आयात गर्ने देश हो । आभूषणजन्य उद्योगको माग पूरा गर्न सुनको आयात अत्यधिक रुपमा हुँदै आएको छ । भारतले वार्षिक रुपमा ८ सयदेखि ९ सय टनसम्म सुन आयात गर्छ । उक्त अवधिमा भारतले आभूषण निर्यात २० अर्ब डलरको निर्यात गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x