विद्युतीय सामग्रीमा नयाँ नियम लागू गर्दै पाकिस्तान
इस्लामावाद, पुस २९
पाकिस्तान सरकारले सबै किसिमका विद्युतीय सामग्रीको नयाँ गुणस्तर मानक लागू गर्ने तयारी गरेको छ । पाकिस्तानी मिडियाका अनुसार जनवरी १५ देखि अर्थात् माघ १ देखि उक्त गुणस्तर अनिवार्य पालन गर्नुपर्नेछ । सरकारले अर्थतन्त्रको सबै क्षेत्रमा विद्युत् लागत कम गर्न नयाँ नियम ल्याएको हो । नेशनल इनर्जी एफिसियन्सी एण्ड कन्जर्भेसन अथोरिटी (एनईईसीए)का प्रबन्धनिर्देशक डा. सरदार मोहाजमले लाइटिङ (बल्ने) वस्तुको न्यूनतम ऊर्जा मानक बुधबारदेखि लागू हुने बताए । साथै फेब्रुअरीदेखि मोटरहरुमा र त्यसलगत्तै रेफ्रिजेरेटर र छ महिनाभित्र एयर कन्डिसनहरुमा नयाँ गुणस्तर लागू हुनेछ ।
विद्युत् खपत कम भए राष्ट्रिय अर्थतन्त्रको १० देखि १५ प्रतिशतसम्म जोगिने र ३० लाख टन तेल उपकरण तीन वर्षभित्रै कम गर्ने पनि बताइएको छ । यसका लागि निकाले बल्ने वस्तु उत्पादनकर्तालाई बाँकी रहेका उत्पादन सक्याउन भनेको छ । छ महिनाभित्र कम्पनीहरुले उक्त वस्तुहरु सक्नुपर्नेछ । यसले जलवायु परिवर्तन रोक्न पनि सहयोग पुग्ने बताइएको छ । सन् २०२० को अन्त्यसम्ममा सबै विद्युत्जन्य र विद्युतीय वस्तुहरु नयाँ गुणस्तरभिभत्र आउनेछन् । पाकिस्तान सरकारले मुख्य गरी उद्योग, यातायात र घरलाई प्राथमिकतामा राखेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया