Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेजन प्रमुख बेजोज भारत आउँदै

अमेजन प्रमुख बेजोज भारत आउँदै


नयाँ दिल्ली, पुस २९
चर्चित अनलाइन खुद्रा बिक्रेता अमेजनका प्रमुख जेफ बेजोज अर्को हप्ता भारत आउने भएका छन् । तर उनले साना व्यापारीको विरोधको सामना गर्नुपर्ने रोयटर्सले जनाएको छ । व्यापारीहरुले उनी आउने भएपछि सांगठनिक विरोधको तयारी गरेका हुन् । बेजोजले भारतमा सरकारी अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । त्यसपछि भारतीय राजधानी नयाँ दिल्लीमा हुने अमेजन इभेन्टमा उनी सहभागी हुनेछन् । उक्त कार्यक्रममा साना र मध्यम खालका उद्यमीहरुसँग उनले छलफल गर्नेछन् ।

भारत भ्रमणका सिलसिलामा बेजोजले प्रधानमन्त्री र अन्य सरकारी अधिकारीसँग पनि अनलाइन व्यवसायबारे छलफल गर्ने बताइएको छ । यद्यपि अमेजनले भ्रमणबारे केही बताइसकेको छैन । भारतको द कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सले विरोध गर्ने बताएको छ । उक्त संघमा ७ करोड व्यवसायी छन् । उनीहरुले बेजोज भारतमा रहँदा करिब ३ सय सहरमा प्रदर्शन गर्नेछन् । सन् २०१५ यता संघले अमेजन र वालमार्टको फ्लिपकार्टविरुद्ध विरोध गर्दै आएको छ ।

दुवै कम्पनीले धेरै छुट दिएको र भारतको विदेशी लगानी नियम उल्लंघन गरेको आरोप संघले लगाउँदै आएको छ तर दुवै कम्पनीले आरोपको खण्डन गर्दै आएका छन् । आफूहरुले हजारौँ साना बिक्रेता, महिला उद्यमीलाई व्यावसायिक अवसर सृजना गरेको कम्पनीले दाबी गर्दै आएको छ । संघले गर्ने विरोध शान्तिपूर्ण प्रदर्शन र -याली हुनेछ । संघले करिब १ लाख व्यापारीलाई सडकमा उतार्ने लक्ष्य राखेको छ ।

अमेरिकी खुद्रा कम्पनी अमेजन र वालमार्टको लागि भारत मुख्य बजार हो । कम्पनीले दिने भारी छुटकै कारण ग्राहकले साना किराना सामग्रीदेखि ठूला विद्युतीय उपकरणसमेत अनलाइनबाटै मगाउने गरेका छन् । यसले भारतीय व्यवसायीलाई घाटा पु-याएको बताइएको छ । नयाँ दिल्लीले गत वर्ष १३ करोड मानिसमा आश्रित साना खुद्रा कम्पनीलाई संरक्षण गर्न ठूला कम्पनीलाई छुटमा कडाइ गर्ने नियम लागू गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x