अमेरिकाको ‘मुद्रा चलखेलकर्ता’ सूचीबाट चीन हट्यो
वासिङ्टन, माघ १
दुई देशबीच पहिलो चरणको व्यापार सम्झौता हुनै लाग्दा अमेरिकाले चीनलाई लगाएको मुद्रा चलखेलकर्ताको आरोप फिर्ता लिएको छ । बीबीसीका अनुसार अमेरिकाले चीनलाई यसअघि राखेको मुद्रा चलखेलकर्ताको सूचीबाट हटाएको हो । चीनले आफ्नो मुद्रा अवमूल्यन नगर्न सहमत भएपछि उक्त सूचीबाट हटाइएको अमेरिकाले जनाएको छ । यही हप्ता वासिङटन र बेइजिङले पहिलो चरणको व्यापार सम्झौता गर्दै छन् ।
उक्त सम्झौताले एकअर्का देशका वस्तुमाथिको कर थोपर्ने प्रवृत्ति अन्त्य हुने र डेढ वर्षयता चर्किएको व्यापारयुद्ध समाधानको बाटोमा जाने अनुमान गरिएको छ । अमेरिकी वाणिज्य सचिव स्टिभन म्नुचिनले चीनले ठोस प्रतिबद्धता जनाएको कारण उक्त सूचीमा राखिराख्न आवश्यक नदेखिएको बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफ्नो मुद्रा अवमूल्यन गरेर चलखेल गरेको आरोप लगाएका थिए । अमेरिकाले युआनको मूल्य अगस्टयता प्रशंसनीय देखिएको बताएको छ । अमेरिकाले चीनलाई अगस्टमा यस्तो सूचीमा समावेश गरेको थियो । त्यतिबेला दुई देशबीचको तनाव उच्च विन्दुमा पुगेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया