माइक्रोसफ्टका नाडेलाले गरे भारतीय नयाँ नागरिकता कानुनको विरोध
अमेरिका, माघ १
प्रविधि कम्पनी माइक्रोसफ्टका कार्यकारी सत्या नाडेलाले भारतको विवादित नागरिकता कानुनको विरोध गरेका छन् । बीबीसीका अनुसार भारतमै जन्मिएका चर्चित कम्पनी माइक्रोसफ्टका कार्यकारी नाडेलाले हाल सोही कानुनको विरोध चर्किरहेको भन्दै आलोचना गरेका हुन् । आफूले भारतको प्रविधि उद्योगमा बंगलादेशी आप्रवासीले सफलता पाएको देख्न चाहेको पनि उनको भनाइ छ । भारतभर अहिले नयाँ कानुनको विरोध भइरहँदा चर्चित व्यक्तित्वहरु पनि यसको विरोधमा वक्तव्य निकाल्न थालेका छन् ।
नयाँ कानुनले मुस्लिमलाई भेदभाव गरेको भन्दै भारतमा प्रदर्शन भएका थिए । माइक्रोसफ्टकै एउटा कार्यक्रममा अमेरिकी सहरमा सम्पादकहरुसँग बोल्दै नाडेलाले भारतमा भइरहेको घटनाक्रम दिक्क लाग्दो भएको बताएका हुन् । उक्त कार्यक्रमलगत्तै माइक्रोसफ्ट इन्डियाले वक्तव्य जारी गरी नाडेलाले कुनै पनि आप्रवासी भारत आएर समृद्ध बन्ने गरी व्यवसाय गर्न सक्ने हुनुपर्ने बताएको थियो ।
यही जनवरी १० देखि नयाँ कानुन कार्यान्वयनमा आइसकेको छ । जसअनुसार भारतीय छिमेकी देशका गैरमुस्लिमले द्रुत रुपमा नागरिकताको निवेदन दिनसक्छ । कानुनको आलोचकहरुले भने यसले मुस्लिमप्रति भेदभाव गरेको दाबी गर्दै आएका छन् तर भारतले मुस्लिमविरोधी नभई छिमेकी देशका अल्पसंख्यकलाई नागरिकता दिन यस्तो कानुन ल्याएको बताउँदै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया