Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजेफ बेजोजले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने

जेफ बेजोजले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने


नयाँ दिल्ली, माघ ३
चर्चित अनलाइन खुद्रा बिक्रेता अमेजनका प्रमुख जेफ बेजोजले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । भारत उदाउँदो बजार भएको भन्दै बेजोजले भारत भ्रमणका क्रममा उक्त लगानी गर्ने घोषणा गरेका हुन् । बेजोसका अनुसार कम्पनीले उक्त लगानी रकम साना र मध्यम व्यवसायलाई डिजिटल प्रविधिमा रुपान्तरणमा खर्च गरिनेछ । नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले २१औँ शताब्दी भारतीय शताब्दी हुने पनि दाबी गरे । उनी तीन दिनका लागि भारत आएका हुन् ।

आफ्नो व्यवसाय धरापमा पारेको भन्दै उनीविरुद्ध साना व्यवसायीले ३ सय भारतीय सहरमा प्रदर्शन गर्ने योजना बनाएका थिए । अत्यधिक छुट दिएर व्यवसाय गरेको भन्दै भारतमा अमेजन, फ्लिपकार्टजस्ता खुद्रा अन्तर्राष्ट्रिय कम्पनीविरुद्ध विरोध हुँदै आएको छ । बेजोजले बुधबार उक्त कार्यक्रममा सन् २०२५ सम्ममा १० अर्ब डलरबराबरको भारतमा बनेका सामग्री निर्यात गर्ने अपेक्षा समेत गरेको बीबीसीले जनाएको छ । यसअघि नै अमेजनले भारतमा साढे ५ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । भारतमा अहिले बेजोजको अमेजन र वालमार्टको फ्लिपकार्टले अनलाइन बजारमा आधिपत्य जमाउँदै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x