Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको आर्थिक वृद्धिदर ३० वर्षयताकै न्यून

चीनको आर्थिक वृद्धिदर ३० वर्षयताकै न्यून


वेइजिड., माघ ५
सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर तीन दशकयताकै न्यून भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकान अनुसार आधिकारिक तथ्यांकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहेको देखाएको हो । यो तथ्यांक २९ वर्षपछिको खराब रहेको बीबीसीले जनाएको छ । चीनमा घरेलु माग घटेको छ भने अमेरिकासँगको व्यापार युद्धले यस्तो नतिजा देखिएको बताइएको छ । दुई वर्षयता चीनले नीतिगत सुधार गरी अर्थतन्त्रलाई सुधार्ने प्रयास भने गरेको छ ।

केही दिनअघि मात्रै डेढ वर्षयता जारी अमेरिकासँगको व्यापारयुद्ध साम्य हुने बाटोमा गएको छ । दुई देशबीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भएको हो । दुई देशबीच सम्बन्ध सुधारको बाटोमा जाँदा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । बेइजिङले अर्थतन्त्र सु्धारका थप प्रयास समेत थालेको छ । कर कटौतीदेखि स्थानीय सउरकारलाई ठूलो परिमाणमा बन्डहरु जारी गर्न र पूर्वाधार कार्यक्रम सञ्चालन गर्न अनुमति दिने बताइएको छ । बैंकहरुलाई समेत बेइजिङले साना कम्पनीलाई रकम दिन भनेको छ । स्थानीय मुद्रामा कर्जा प्रवाह गत वर्ष करिब २४ खर्ब डलरले भएको थियो । लगानी समेत घट्दै जाँदा आर्थिक वृद्धिमा त्यसको असर परेको हो । विगतमा चीन आर्थिक वृद्धिमा बलियो देखिए पनि गत वर्षको वृद्धिदर भने तीन दशककै कम रहेको बताइएको छ । यद्यपि अन्य अर्थतन्त्रको तुलनामा यो निकै राम्रो वृद्धिदर हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x