विश्वका आधा आर्थिक गतिविधि प्रकृतिमा निर्भर : विश्व आर्थिक मञ्च
एजेन्सी डावोस, माघ ७
विश्वको आधाजसो आर्थिक गतिविधि प्रकृतिमा निर्भर रहेको पछिल्लो एक अध्ययनले देखाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)ले आइतबार जारी गरेको ‘नेचर रिस्क राइजिङ रिपोर्ट’ले उक्त तथ्य बाहिर ल्याएको हो । संसारको जैविक विविधतामा पुग्ने नोक्सान र जलवायु परिवर्तनले विश्वको अर्थव्यवस्था खतरामा पर्ने पनि उक्त अध्ययनले देखाएको छ । रिपोर्टअनुसार प्रकृतिमा विश्वको ४४ हजार अर्ब डलरको अर्थव्यवस्था निर्भर छ । यो विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब आधा हो । मञ्चको ५०औँ वार्षिक बैठकअघि जारी गरिएको यो अध्ययनमा भनिएको छ, ‘मानवीय गतिविधिबाट विश्वको करिब २५ प्रतिशत वनस्पति र जीव प्रजातिलाई खतरामा तानेको छ । लाखौँ प्रजातिहरु विनाशको बाटोमा छन् ।’
चीन, युरोपेली संघ र अमेरिकामा आर्थिक हिसाबले प्रकृतिमा निर्भर उद्योगको संख्या सबैभन्दा धेरै छ । अध्ययनमा १ सय ६३ उद्योग क्षेत्र र तिनको आपूर्ति शृंखलाको विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट विश्वको लगभग आधा जीडीपी प्रकृतिमा वा त्यसबाट मिल्ने सेवामा निर्भर रहेको पाइएको छ । रिपोर्टअनुसार ४ सय ४० खर्ब अमेरिकी डलर बराबरको जीडीपी प्रकृति र यसको सेवामा आधारित छ । यस्तो अवस्थामा प्रकृतिमा हुने नोक्सानीले विश्व अर्थव्यवस्थामा पनि हानि पुग्ने देखिएको हो । करिब ४ हजार अर्ब डलरको निर्माण उद्योग, २ हजार ५ सय अर्ब डलरको कृषि उद्योग र १ हजार ४ सय अर्ब डलरको खाद्य तथा पेय उद्योग प्रकृतिमा निर्भर रहेको पाइएको छ । यसको कुल मिलाउँदा जर्मनीको अर्थव्यवस्थाको करिब दुई गुणासँग बराबर हुने अध्ययनमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया