Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा कोरोना भाइरस त्रास अझै बढ्यो

चीनमा कोरोना भाइरस त्रास अझै बढ्यो


बेइजिङ, माघ ९
चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ । यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ, र मृत्यु हुनेहरु सबै मध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताए ।

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मङ्गलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टी भएको जानकारी दिए । विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको संक्रमण देखिएको छ । चिनियाँ अधिकारीहरुले कूल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ । उपनिर्देशक लीले यस भाइरसबाट संक्रमणको घटना निकै बढेको देखिएको बताए । उनले नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरुको संख्या देखिएको हुन सक्ने बताए । विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा संक्रमण हुने बताएका छन् ।

आयोगले जनवरी २० देखि नै पुष्टि भएका घटनाहरूको संख्या र सम्भावित संक्रमितहरूका बारेमा दैनिक विवरण सार्वजनिक गर्दै आएको छ । विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको संक्रमणबाट सतर्क रहन आह्वान गरेका छन् । भाइरसको फैलावट रोक्न सरकारले कडा कदम चालेको छ । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा थर्मल डिटेक्टर जडान गरिएको छ भने सहरका तीन प्रमुख रेलवे स्टेसनहरूमा २० थर्मल डिटेक्टर स्थापना गरिएको छ । उनले सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको उहानतर्फका अनावश्यक प्रवेश र बाहिरिनेक्रममा कडाइ गरिने बताए । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x