Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईएमएफद्वारा कोषहरूमा अफगानिस्तानको पहुँच रोक

आईएमएफद्वारा कोषहरूमा अफगानिस्तानको पहुँच रोक


काबुल। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्ना स्रोतहरुमा अफगानिस्तानको पहुँच रोकेको छ । तालिबानले सत्ता कब्जा गरेसँगै आईएमएफले यस्तो निर्णय गरेको हो ।

आईएमएफका प्रवक्ताले अफगानिस्तानको सरकारबारे अन्तर्राष्ट्रिय समुदायभित्र स्पष्टताको अभावलाईं कारण देखाउँदै यस्तो निर्णय गरिएको उल्लेख गरेका छन् । यही अगस्ट २३ मा आईएमएफबाट ३७ करोड डलरभन्दा धेरैको स्रोत अफगानिस्तानमा जाने क्रममा थियो ।

यी स्रोतहरु आर्थिक संकटलाई सम्बोधन गर्ने हिस्साअन्तर्गत थिए । ‘स्पेसियल ड्रविङ राइट्स’सम्बन्धी सम्पत्तिका आईएमएफ सञ्चितिको पहुँच पनि रोकिएको छ । यी कोषलाई सिधै सरकारी सम्पत्तिमा रुपान्तरण गर्न सकिन्छ । एसडीआर भनेका आईएमएफको स्टर्लिङ, डलर, युरो, येन र युआनमा आधारित विनिमय युनिट हुन् ।

अमेरिकी बाइडेन प्रशासनले अमेरिकी केन्द्रीय बैंकमा रहेका कुनै पनि अफगान सरकारको सम्पत्ति तालिबानलाई नदिने निर्णय लिएलगत्तै आईएमएफको कदमबारे सार्वजनिक भएको हो । अमेरिकी संसदका सदस्यहरुले ट्रेजरी सेक्रेटरी यानेट येलेनलाई पत्राचार गदै अमेरिकासमर्थित कुनै पनि सहयोग तालिबानमा नजाने सुनिश्चित गर्न भनेका थिए । यसअघि नै अमेरिकाले सात अर्ब डलर हाराहारीको सम्पत्तिमा तालिबानको पहुँच नदिने बताइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x