Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतालिबानको कब्जापछि अफगानिस्तानसँग पाकिस्तानको व्यापार ह्वात्तै बढ्यो

तालिबानको कब्जापछि अफगानिस्तानसँग पाकिस्तानको व्यापार ह्वात्तै बढ्यो


इस्लामाबाद । पाकिस्तानको अफगानिस्तानसँगको द्विपक्षीय व्यापार तालिबानले कब्जा गरेपछि ह्वात्तै बढेको छ । गत आइतबार तालिबानले अफगानिस्तान कब्जा गरेको थियो । पाकिस्तानी पश्चिमी सीमामा कार्गो सवारीसाधन र व्यापारीहरुको संख्यामा उल्लेख्य वृद्धि देखिएको डन अनलाइनले जनाएको छ । तालिबानले स्पिन बोल्डाक जिल्लानजिकै बलोचिस्ताानको चामन सीमा कब्जा गरेको जुलाईको दोस्रो हप्तामा द्विपक्षीय व्यापार न्यून तहमा पुगेको थियो ।

पाकिस्तानी भन्सारको तथ्यांकले अगस्ट १५ मा द्विपक्षीय व्यापारमा ऐतिहासिक गिरावट आएको देखाएको छ । यसअनुसार चार सय ७५ मालवाहक ट्रकहरु ओहोरदोहोर गरेका थिए । निर्यात, आयात र ट्रान्जिट सामानहरुसहितका ती ट्रकले तोर्खाम, चामन, खारलाची र गुलाम खान सीमा पार गरेका थिए । अगस्ट १५ मा तालिबानले काबुल कब्जा गर्दै विजय पाएको घोषणा गरेको थियो ।

तालिबानका प्रवक्ताले पहिलोपटक मंगलबार पत्रकार सम्मेलन गरी छिमेकी देशसँगको व्यापारलाई निरन्तरता दिने बताएका थिए । उनले व्यापार प्रवर्द्धन गर्ने पनि प्रतिबद्धता जनाएका थिए । सीमा क्षेत्रमा ट्रकहरुको आवतजावत बुधबार (अगस्ट १७ मा) एक हजार एक सय २३ पुगेको बताइएको छ । यसमा अझै वृद्धि हुन सक्नेछ । बहिर्गमित अफगान प्रशासनसँग विभिन्न मुद्दाहरु रहेका कारण पाकिस्तानको छिमेकी देशसँगको व्यापार राम्रो हुन सकिरहेको थिएन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x