Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट संक्रमित

भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट संक्रमित


नयाँ दिल्ली । भारतमा कोभिड–१९ संक्रमितको संख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार दुई सय ३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारतभर विगत २४ घण्टाको समयमा ३० हजार नौ सय ४८ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ संक्रमित थप चार सय तीन जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ संक्रमितको संख्या चार लाख ३४ हजार तीन सय ६७ पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार नौ सय ४२ कोभिड–१९ संक्रमित थपिएका छन् भने संक्रमित रहेको कूल व्यक्तिको संख्या अझै तीन ५३ हजार तीन सय ९८ छ । भारतमा पछिल्लो एक सय ५३ दिनमा सक्रिय संक्रमितको संख्या सबैभन्दा कम बनेकोसंघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड संक्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको संख्या ३८ हजार चार सय ८७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमण निको हुने व्यक्तिको संख्या दर बढेर ९७.५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x