Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा दैनिक संक्रमितको संख्या १६० दिनपछिकै कम

भारतमा दैनिक संक्रमितको संख्या १६० दिनपछिकै कम


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो । दैनिक संक्रमितहरुको संख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् ।

भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड २४ लाख ४९ हजार तीन सय छ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार एक सय ५७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड १६ लाख ८० हजार छ सय २६ पुगेको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने तीन लाख ३३ हजार नौ सय २४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो संख्या एक सय ५५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३४ हजार सात सय ५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा तीन सय ८९ जनाको मृत्यु भएको हो ।

कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार एक सय ६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ७५ लाख ५१ हजार तीन सय ९९ जनाको परीक्षण भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कुल ५८ करोड २५ लाख ४९ हजार पाँच सय ९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x