Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहाइटीका भूकम्पपीडितका लागि ब्राजिलले सहायता सामग्री पठायो

हाइटीका भूकम्पपीडितका लागि ब्राजिलले सहायता सामग्री पठायो


रियो दि जेनेरियो । गत अगस्त १५ मा हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढिरहेका बेला ब्राजिलले त्यहाँका भूकम्प पीडितका लागि सहायता पठाएको छ । ब्राजिलले आइतबार यहाँका भूकम्पपीडितका लागि भन्दै जहाजमा सहायता पठाएको छ । सो सहायता प्रायः खाद्यान्न र लत्ता कपडा रहेको ब्राजिलले जनाएको छ ।

हवाइजहाजमा खाद्यान्न, औषधि र लत्ताकपडा पठाइएको बताइएको छ । साथै ब्राजिलले उद्धारकर्मी पनि सो जहाजमा पठाएको जनाएको छ । ब्राजिलका अधिकारीले दिएको जानकारीअनुसार हाइटीमा भूकम्पको उद्धारका लागि ३२ जना अग्नि नियन्त्रण विशेषज्ञहरुलाई पनि पठाइएको बताइएको छ ।

यहाँको भूकम्पबाट आइतबारसम्ममा दुई हजार दुई सयभन्दा बढी नागरिकको ज्यान गएकोे नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । यहाँ भूकम्पबाट भएको क्षतिका बारेमा अनुसन्धान भइरहेको छ । साथै उद्धारको काम पनि जारी रहेको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु दक्षिणी सहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् ।

यस प्रकोपका कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी एजेन्सी, युनिसेफले जनाएको छ । हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सफ्टकालको पनि घोषणा गरेको छ । हाइटीमा यसअघि पनि सन् २०१० को जनवरीमा गएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो । यहाँको पोर्ट–ओ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो ।

उक्त भूकम्पमा परी कम्तीमा पनि दुई लाख मानिसको ज्यान गुमेको बताइएको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए । हाइटीमा १० वर्षअघि यसरी क्षति पुगेका संंरचनाहरुमध्ये कतिपयको अहिले पनि राम्रोसँग पुनर्निर्माण गर्न सकिएको छैन । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x