Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिपनिर्माताको आईपीओलाई बेइजिङको प्रहार

चिपनिर्माताको आईपीओलाई बेइजिङको प्रहार


चीन । चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीको सेयर बेच्ने योजना सरकारले तुहाइदिएको छ । कम्पनीले आफ्नो कम्प्युटर चिप युनिटको सेयर बिक्री गर्ने योजना ल्याए पनि सरकारले अनुसन्धानको नाममा अवरोध खडा गरेपछि योजना नै निलम्बन भएको छ ।

चिनियाँ सरकारी निकायले प्रविधि कम्पनीमाथि गरेको यो पछिल्लो प्रहार हो । अहिले कम्पनीमाथि नियामकीय निकायबाट अनुसन्धान भइरहेको बताइएको छ । यसअघि शेन्जेनको नास्डाकशैलीको सेयरबजार चाइनेक्स्टमा सूचीकृत हुनको लागि मे महिनामा नै प्रक्रिया सुरु गरेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले उद्योग व्यवसायमाथिको कडाइलाई बढाउँदै लगेका छन् ।

गत हप्तामात्रै शेन्जेन स्टक एक्सचेन्जले बेइजिङ टियान युआान ल फर्मलाई सूचीकरणबारे अनुसन्धान भइरहेको जनाएको थियो । उक्त फर्म बीवाईडी सेमिकन्डक्टरको परामर्शदाता हो । उक्त फर्मलाई चीनको सेक्युरिटी रेगुलेटरी कमिसनले अनुसन्धान गरिरहेको शेन्जेन स्टकले जनाएको छ । अरु विस्तृतमा भने केही पनि बताएको छैन ।

बीवाईडी सेमिकन्डक्टरले ४२ करोड १० लाख डलर कम्तीमा बजारबाट उठाउने लक्ष्य राखेको थियो । सेयर बिक्रीबापत आएको रकम कम्पनीकै व्यवसायमा खर्च गर्ने बीवाईडीले जनाएको थियो । विश्वमा चिप अभावका कारण विभिन्न कार कम्पनीले उत्पादन नै कटौती गर्नुपरिरहेको छ । बीवाईडी चीनकै ठूलो माइक्रोकन्ट्रोलर चिप उत्पादक हो ।

आधुनिक कारहरुका लागि माइक्रोकन्ट्रोलरहरु अत्यावश्यक मानिन्छ । यसको प्रयोग कारका सिट, झ्यालदेखि स्टिअरिङसम्म र एन्टिलक ब्रेकहरुमा समेत प्रयोग हुन्छ । बीवाईडीले जर्मनीको इन्फिनियन र जापानको रोहम सेमिकन्डक्टरजस्ता ठूला कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । बीवाईडी सेमिकन्डक्टरको मातृकम्पनी बीवाईडी चीनकै ठूलो विद्युतीय कार कम्पनी हो । यसलार्य अमेरिकी लगानीकर्ता वारेन बफेटले समेत साथ दिँदै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x