Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा आईएमएफले पौने ३ अर्ब डलर लगानी गर्नसक्ने

पाकिस्तानमा आईएमएफले पौने ३ अर्ब डलर लगानी गर्नसक्ने


इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानमा ठूलो परिमाणमा लगानी गर्नसक्ने देखिएको छ । डनका अनुसार छ खर्ब ५० अर्ब अमेरिकी डलरको स्पेसल ड्रविङ राइट्स (एसडीआर) अनुसारको रकम वितरण सोमबारदेखि कार्यान्वयनमा आएको हो । यसले पाकिस्तानमा दुई अर्ब ७० करोड डलर लगानी भित्रिन सक्ने देखिएको छ ।

‘संसारका लागि यति ठूलो बाँडफाँट इतिहासकै ठूलो र महत्वपूर्ण हो’, आईएमएफकी प्रबन्धनिर्देशक क्रिस्टालिना जर्जिएभाले एक वक्तव्यमा भनिन्, ‘यदि राम्रोसँग प्रयोग भयो भने अहिलेको गम्भीर संकट सामना गर्ने महत्वपूर्ण अवसर हुनसक्छ ।’

साढे छ सय ५० अर्ब डलरको कुल रकम एसडीआरको कोटाअनुसार सदस्यराष्ट्रहरुलाई वितरण हुने आईएमएफले जनाएको छ । एसडीआर भनेको आईएमएफले स्थापना गरेको ब्याज लाग्ने अन्तर्राष्ट्रिय सञ्चितिको पुँजी हो । यसको मूल्यांकन डलरअनुसार दैनिक निर्धारित हुन्छ । सन् २०१९ को डिसेम्बरमा पाकिस्तानलाई ३९ महिने छ अर्ब डलर कोष सुविधा प्रमाणीकरण गरेको थियो ।

आईएमएफले पौने तीन अर्ब डलर उदाउँदो र विकासोन्मुख अर्थतन्त्र भएका देशहरुमा बाँड्नलागेको जनाएको छ । त्यस्तै न्यून आययुक्त देशलाई २१ अर्ब अमेरिकी डलर बाँडफाँट गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x