अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार
काबुल । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो ।
अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ । अफगानिस्तान छाड्न चाहेका मानिसहरुलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो । ह्वाइट हाउसका सहप्रवक्ता एन्ड्रेउ बाट्सले भने, ‘उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार तीन सयभन्दा बढीलाई उद्धार गरिएको छ । तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ ।’
जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो ।
अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरुलाई पनि बाहिरिन मद्दत गरेको हो । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरुलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरुले प्रदेशका राजधानीहरु कब्जा गर्न थालेका थिए । प्रदेश राजधानीहरु कब्जा गर्न थालेको एक हप्तापछि उनीहरुले केन्द्रीय राजधानी नै कब्जा गरेका थिए ।
उनीहरु राजधानी कब्जाका लागि काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए । उनले थप रक्तपात र जनधनको क्षति हुन नदिनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेर हिँडेको बताएका छन् । राष्ट्रपति घानीले देश छाडेपछि तालिबान विद्रोहीहरुले देशको सबै सत्ता आफूहरुको नियन्त्रणमा आएको र तालिबान विद्रोह अन्त्य भएको घोषणा गरेका छन् ।
उनीहरुले अहिले आफ्नै सरकार गठन गरेर आफ्नै तरिकाको शासन व्यवस्था लागू गर्ने तयारीसमेत गरेका छन् । अघिल्लो कार्यकालमा कठोर शासन व्यवस्था लागू गरेका तालिबान विद्रोहीहरुले अहिले भने शासन व्यवस्थामा केही लचकता अपनाउने अपेक्षा गरिएको छ । तर कतिपयले भने उनीहरु उस्तै कठोर नै हुने भएकाले समर्थन र सहयोग गर्न नसकिने अडान पनि व्यक्त गरिरहेका छन् । उनीहरुको शासन व्यवस्था कस्तो होला र सहकार्य गर्न सकिएला कि नसकिएला भन्ने उत्सुकता अहिले विश्व समुदायमा देखिएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया