Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व बैंकले रोक्यो अफगानिस्तानको सहयोग

विश्व बैंकले रोक्यो अफगानिस्तानको सहयोग


काबुल । विश्व बैंकले अफगानिस्तानका परियोजनामा जुटाउने सहयोग रकम रोक्का गरेको छ । तालिबानले सत्ताा कब्जा गरेपछि विश्व बैंकले सहयोग रकम रोकेको हो । तालिबानको सत्ता कब्जाले देशको विकासमा खास गरी महिलाहरुका लागि पार्ने प्रभावलाई मध्यनजर गर्दै सहयोग रकम रोकेको विश्व बैंकले जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि अफगानिस्तानमा जाने रकम निलम्बन गरेको थियो ।

त्यस्तै यता अमेरिकी बाइडेन प्रशासनले पनि आफ्नो देशमा रहेको अफगान केन्द्रीय बैंकको झण्डै साढे नौ अर्ब डलर ‘फ्रिज’ गरेको थियो । सन् २००२ यता वासिङटनमा रहेको विश्व बैंकले अफगानिस्तानमा पाँच अर्ब ३० करोड डलर पुनर्निर्माण र विकासे परियोजनामा खर्च गरिसकेको छ ।

विश्व बैंकका एक प्रवक्ताका अनुसार अहिलेलाई सहयोग राशि रोकिएको हो र अफगानिस्तानको बदलिँदो राजनीतिक अवस्थालाई विश्व बैंकले सूक्ष्म मूल्यांकन गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर सहयोगलाई निरन्तरता दिने विश्व बैंकले उल्लेख गरेको छ ।

गत शुक्रबार मात्रै विश्व बैंकका कर्मचारीलाई सुरक्षित उद्धार गरिएको थियो । उनीहरुलाई पाकिस्तानमा लगिएको बताइएको छ । विश्व बैंकको यो निर्णय भर्खरै सत्ता कब्जा गरेको तालिबानका लागि पछिल्लो धक्का हो । विश्व बैंकले ४४ करोड डलर अफगानिस्तानलाई अगस्ट २३ बाट उपलब्ध गराउने जनाएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x