Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

६ अर्ब भारु लगानी गर्ने फोर्स मोटर्सको योजना
मुम्बई, माघ १३
सवारीसाधन निर्माता फोर्स मोटर्सले २ वर्षभित्र ६ अर्ब भारु लगानी गर्ने योजना बनाएको छ । भारतीय मिडियाका अनुसार कम्पनीले नयाँ मोडलका सवारीसाधन ल्याउन लगानीको प्रस्ताव गरेको हो । प्रिमियम प्लेटफर्ममा नयाँ मोडल ल्याउने कम्पनीको तयारी छ । यसको कोड नाम टी१एन राखिएको नवभारत टाइम्सले जनाएको छ । कम्पनीका अनुसार यही वर्षको अन्त्यतिर व्यावसायिक उत्पादन सुरु गरिनेछ । फोर्स मोटर्सका प्रबन्धनिर्देशक प्रसन्न फिरोदियाले आगामी २ वर्षभित्र ६ अर्ब भारु लगानीको योजना बनाएको बताए । कम्पनीले पछिल्लो साता टी१एन पेस गरेको छ । यो मोडलका गाडी निर्यात गर्ने गरी उत्पादन हुने फिरोदियाको भनाइ छ । सबैभन्दा बढी भ्यान निर्माण गर्ने कम्पनीको भ्यान बजारमा ६८ प्रतिशत हिस्सा रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x