Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार५० बढी वस्तुमा आयात शुल्क बढाउँदै भारत

५० बढी वस्तुमा आयात शुल्क बढाउँदै भारत


नयाँ दिल्ली, माघ १३
भारतले ५० भन्दा बढी वस्तुको आयात शुल्क बढाउने तयारी गरेको छ । ती वस्तुहरुमा विद्युतीय सामान, केमिकल र हस्तकलाका वस्तुहरु पर्ने रोयटर्सले जनाएको छ । समाचारअनुसार ५६ अर्ब डलर मूल्यका चिनियाँ र अन्य देशका सामानमा यस्तो शुल्क वृद्धिको तयारी गरिएको छ । वित्तमन्त्री निर्मला सीतारमणले वार्षिक बजेट फेब्रुअरी १ मा सार्वजनिक गरेपछि यस्तो कदम चालिनलागेको हो ।

आर्थिक वृद्धिदरलाई लयमा ल्याउन भारतले यस्तो कदम चाल्ने बताइएको छ । नयाँ शुल्क विशेषगरी मोबाइल चार्जर, औद्योगिक केमिकल, बत्तीहरु, फर्निचर, मैन, गरगहना र हस्तकलामा लागू हुनेछन् । यसको मारमा चार्जर आयात गर्ने स्मार्टफोन निर्माताहरु पर्न सक्नेछन् । त्यस्ता वस्तुमा ५ देखि १० प्रतिशतसम्म आयात शुल्क बढ्ने बताइएको छ । अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको सरकारी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अनावश्यक सामग्री आयात घटाउन यस्तो कदम चालिनलागेको हो । यसबारे भारतले औपचारिक धारणा सार्वजनिक गरेको भने छैन । सन् २०१४ मा सरकार सम्हालेयता प्रधानमन्त्री नरेन्द्र मोदीले आयातमा कडाइ गर्नुका साथै उत्पादन, रक्षा र अन्य क्षेत्रमा विदेशी लगानी भित्र्याइरहेका छन् । गत जुलाईमा पनि भारतले ७५ वस्तुमा आयात कर बढाएको थियो । जसमा सुन र अटोमोबाइल पार्टहरु समावेश थिए ।

भारतको आयात निर्यातभन्दा द्रुतगतिमा भइरहे पनि अप्रिल डिसेम्बर अवधिमा ८.९० प्रतिशतले घटेको छ । निर्यात पनि उक्त अवधिमा २ प्रतिशतले घटेको छ । यसले मोदी सरकारलाई १ खर्ब १८ अर्ब डलरमा व्यापारघाटा झार्न सहयोग पुगेको छ । १ वर्षअघि भारतको व्यापारघाटा १ खर्ब ४८ अर्ब डलर रहेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x