Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयातायात प्रविधिमा पैसा खन्याउँदै टोयोटा

यातायात प्रविधिमा पैसा खन्याउँदै टोयोटा


टोक्यो । जापानी अटोमेकर टोयोटाले यातायात प्रविधिसम्बन्धी प्राप्तिहरुलाई तीव्रता दिएको छ । कम्पनीले सिलिकन भ्यालीको सफ्टवेयर विकासकर्ता कम्पनी रेनोभो मोटर्स इन्कलाई स्वचालित ड्राइभिङ प्रविधिमा काम गरिरहेको आफ्नो वोभन प्लानेट टिममा समावेश गरेको हो ।

टोयोटाले मंगलबार यस्तो घोषणा गरेको हो । एक वर्षअघि कम्पनीले अमेरिकी भेन्चर कारमेरा इन्क किनेको थियो । कारमेराले सडकको नक्सा अपडेटलाई सस्तो र द्रुतगतिको सेवा दिन्छ । त्यसका लाािग यसले टोयोटाका दशौँ लाख गाडीमा जटित क्राउडसोस्र्ड इन्फरमेसन (भीड स्रोत सूचना) प्रयोग गर्छ ।

पछिल्लो खरिदको आर्थिक विवरण कम्पनीले खुलाइसकेको छैन । एपीका अनुसार रेनोभोले अटोमेटिभ अपरेटिङ सिस्टम विकास गर्छ जसलाई टोयोटा मोटर कर्पले प्रोग्राम्ड भेहिकलका लागि महत्वपूर्ण देखेको छ । यसलाई एउटा मोबिलिटी कम्पनीमा रुपान्तरण गर्न सकिने टोयोटाको विश्वास छ जसले कारमात्र नभई अन्य सवारीसाधनलाई पनि यसमा समावेश गरिनेछ । रेनोभोको अर्थ ल्याटिन भाषामा नयाँ जीवन वा नवीकरण भन्ने हुन्छ ।

रेनोभोको डेटा व्यवस्थापन प्लेटफर्मले अटोमेकरहरुलाई आफ्ना सवारीसाधनबाट निरन्तर सिक्न प्रेरित गर्छ । यसको ‘कम्प्लिट लुप’ तरिका प्रयोग गरेर त्यो प्राप्त हुनेछ । यसो हुँदा सवारीसाधन अझै सुरक्षित र भरपर्दो हुने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x