Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारघर रेखदेख गर्ने रोबोट ल्याउँदै अमेजन

घर रेखदेख गर्ने रोबोट ल्याउँदै अमेजन


अमेरिका । चर्चित प्रविधि कम्पनी अमेजनले घर रेखदेख गर्नसक्ने एस्ट्रो रोबोट ल्याउने घोषणा गरेको छ । कम्पनीले एलेक्सा स्मार्ट होम टेक्नोलोजीले बनाएको आफ्नो पहिलो हाउसहोल्ड रोबोट ल्याउने घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो रोबोटले घरपालुवा जनावर, मानिस र घरकै सुरक्षा अवस्थाको अनुगमन गर्न सक्नेछ । यो रोबोट रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ । त्यस्तै यसले स्वचालित रुपमा घरको रेखदेख गर्न समेत सक्छ । त्यसो गर्दा यदि केही अस्वाभाविक गतिविधि पाए केही भेटिए घरमालिकलाई नोटिफिकेसन (सूचित) दिन सक्छ ।

यसमा धेरै गतिविधि र हाउभाउको ‘प्रोग्राम’ गरिएको छ । यो सानो रोबोटमा पेरिस्कोप क्यामरा सबैभन्दा मािथ राखिएको छ । यसको मूल्य नौ सय ९९ अमेरिकी डलर पर्नेछ । रोबोट यही वर्षदेखि बजारमा पठाउन थालिनेछ । तर अहिलेलाई अमेरिकामा मात्रै उपलब्ध हुनेछ । यसको मूल्य १४ सय ४९ अमेरिकी डलरसम्म पर्नसक्नेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x