Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखोप लगाएका पर्यटकले श्रीलंका जान पीसीआर परीक्षण गर्नु नपर्ने

खोप लगाएका पर्यटकले श्रीलंका जान पीसीआर परीक्षण गर्नु नपर्ने


कोलम्बो । श्रीलंकाकाले अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने पर्यटकका लागि यसपहिले अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइकेका अनुसार पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने भएको श्रीलंकाका स्वास्थ्यमन्त्री कहेल्या रामबुकवेलाले बुधबार बताइन् ।

उनले भनिन्, ‘पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी ७२ घण्टा ननाघेको भएमा श्रीलंकामा आएर पीसीआर गराउनु अनिवार्य हुने छैन ।’

‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिएको श्रीलंका आफ्नो मुनाफादायी पर्यटन उद्योगलाई सुदृढ पार्न पर्यटकहरूका लागि देश पुनः खोल्न तयार छ’, उनले भनिन् । अधिकारीहरूका अनुसार श्रीलंकाले पूर्ण खोप लगाइएका यात्रुहरू यस देशमा यात्रा गर्न सहज बनाउन र पर्यटक आगमन र विदेशी मुद्रा आर्जनलाई बढाउन काभिड–१९ का विभिन्न प्रतिबन्धहरू कम गर्ने प्रयास गरिरहेको छ ।

जेठ २१ गते बाट सीमाक्षेत्र पुनः खोलेदेखि श्रीलंकाले यस वर्षको पहिलो आठ महिनामा २४ हजार तीन सय ३७ पर्यटक आगमन भएको रेकर्ड गरेको छ ।
आधिकारिक तथ्यांकअनुसार कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको भए पनि पर्यटकहरूको आगमन जुलाईदेखि एक सय सात प्रतिशतले बढेको छ ।

अगस्त महिनामा कूल पाँच हजार ४० विदेशी पर्यटक स्वदेश भित्रिएका र तीमध्ये अधिकांश चीन, यूरोप, संयुक्त राज्य अमेरिकाबाट आएका हुन् । गत वर्ष मार्चदेखि श्रीलंकामा कुल पाँच लाख १५ हजार पाँच ससय २४ व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ भने १२ हजार सात सय ८६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x