Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअकस विवाद : अस्ट्रेलिया–युरोपको व्यापार छलफल पछि स-यो

अकस विवाद : अस्ट्रेलिया–युरोपको व्यापार छलफल पछि स-यो


सिडनी । अस्ट्रेलिया र युरोपेली संघबीच हुने भनिएको व्यापार वार्ता सरेको छ । अकस सुरक्षा साझेदारीले फ्रान्ससँग विवावद बढिरहेका बेला युरोपसँगको व्यापारिक वार्ता स्थगित भएको हो । गत महिना क्यानबेराले फ्रान्ससँगको २७ अर्ब अमेरिकी डलरको सबमरिन पानीजहाज बनाउने सम्झौता रद्द गरेपछि विवाद बढ्दै गएको छ । फ्रान्ससँगको सम्झौता रद्द गरेको अस्ट्रेलियाले अमेरिका र बेलायती प्रविधिको आणविक सबमरिन आठवटा बनाउने नयाँ सम्झौता गरेको हो ।

यो निर्णयले पेरिसलाई भने आक्रोशित बनाएको छ । उसले यो सम्झौतालाई अमेरिका र अस्ट्रेलियाले पछिल्तिर चक्कु हानेको आरोप लगाएको छ । अकस सम्झौतासँगै फ्रान्सले तत्कालै आफ्ना राजदूतहरुलाई क्यानबेरा र वासिङटनबाट फिर्ता बोलाएको थियो । अमेरिकाका लागि आफ्ना राजदूत फेरि वासिङटन फर्किने बताए पनि क्यानबेरामा के हुने अझै खुलिसकेको छैन । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डर लियनले यसअघि अस्ट्रेलियासँगको व्यापार सम्झौतामा प्रश्न उठाउँदै फ्रान्सको पक्ष लिएकी थिइन् । तर शुक्रबार आयोगका प्रवक्ताले भने कसैलाई पनि दण्डित नगर्ने बताएका छन् । उनले व्यापार छलफल ढिला भए पनि यो अझै राम्रो सम्झौताका लागि भएको उनले बताएका छन् ।

यता अस्ट्रेलियाका व्यापारमन्त्री डान तेहानले यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । अर्को चरणको छलफल १२ अक्टोबरदेखि हुने गरी मिति तोकिए पनि सारिएको हो । उनले ईयूका समकक्षीसँग अर्को हप्ता यसबारे छलफल गर्ने र नोभेम्बरमा हुनसक्ने बताए । गत जुनमा पछिल्लो छलफल भएको थियो । युरोपसँग अस्ट्रेलियाले स्वतन्त्र व्यापार सम्झौता गर्नलागेको हो । यसमा व्यापार, लगानी र बौद्धिक सम्पत्तिको अधिकारलगायतका मुद्दाहरु रहेका छन् । ईयू अस्ट्रेलियाको तेस्रो ठूलो व्यापार साझेदार हो । गत वर्ष यी दुईबीच ७२ अर्बको लेनदेन भएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x