केही दशकसम्म कोइला प्रयोग जारी राख्न राष्ट्रसंघसँग भारतको लबिङ
लन्डन । भारतले संयुक्त राष्ट्रसंघसमक्ष केही दशकसम्म कोइला प्रयोग जारी राख्नको लागि लबिङ गरिरहेको खुलासा भएको छ । बीबीसीका अनुसार जलवायु परिवर्तनको समस्या हल गर्न देशहरुले कोइलालगायत परम्परागत इन्धनको प्रयोग घटाउनुपर्ने बताइरहेका बेला भारतले भित्रभित्रै लबिङ गरिरहेको पाइएको हो ।
यस्तो लबिङ गर्नेमा अरु धेरै देशहरु रहेको बीबीसीले प्राप्त गरेको कागजातले देखाएको समाचारमा उल्लेख छ । हरितगृह ग्यास उत्सर्जन कटौती गर्न नोभेम्बरमा हुने कोप२६ जलवायु सम्मेलनमा प्रतिबद्ध गराउने तयारी भइरहँदा देशहरु भने तत्काल यसलाई कार्यान्वयन नगर्ने पक्षमा देखिएका हुन् ।
भारत विश्वको सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश हो । त्यसपछि चीन र अमेरिका क्रमशः आउँछन् । भारतले सन् २०३० सम्ममा नवीकरणीय र आणविक ऊर्जाबाट ४० प्रतिशत विद्युतीय क्षमता पूरा गर्ने लक्ष्य लिएको छ । तोकिएको समयमा पूरा गर्न सकिने लक्ष्यको रुपमा यसलाई लिइएको क्लाइमेट एक्सन ट्र्याकर (क्याट)ले जनाएको छ ।
तर अझै पनि धेरै कोइला उपभोग गर्नेमा दोस्रो नम्बरमा पर्छ । भारतले ७० प्रतिशतभन्दा धेरै ग्रिड कोइलाबाटै प्राप्त गरिरहेको छ । त्यसकारण पनि भारतलाई कोइला प्रयोग छोड्न कठिन छ । त्यही कारण भारतले राष्ट्रसंघीय रिपोर्ट तयार गर्ने वैज्ञानिकलाई उक्त लबिङ गरेको बताइएको छ । रिपोर्टमा कसरी विश्व जलवायु परिवर्तनलाई कम गर्ने भन्ने कुरा समावेश छ । द इन्टरगभर्नमेन्टल प्यानेल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले उक्त रिपोर्ट तयार गरेको हो । यसैले जलवायु परिवर्तनलाई नजिकबाट अध्ययन गरिरहेको छ ।
क्याटले सन् २०३० सम्ममा भारतको उत्सर्जन सन् २००५ कै स्तरमा अर्थात् ५० प्रतिशतमा झर्ने अनुमान गरेको छ । यो भनेको ३५ प्रतिशत लक्ष्यभन्दा धेरै हो । तर भारतले यसलाई शून्य प्रतिशतमा झार्ने योजना अवगत गराउनुपर्नेछ । यता चीनले भने २०६० सम्ममा कार्बन न्युट्रल हुने प्रतिबद्धता जाहेर गरिसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया