के एप्पल चीनमा रहने एक्लो अमेरिकी कम्पनी हुँदै छ ?
अमेरिका । एउटा यस्तो समय थियो– भएजति अमेरिकी कम्पनी चीनमा थिए, यतिसम्म कि फेसबुक पनि त्यहाँ थियो । तर अहिले देशैभर एप्पलको व्यापक उपस्थिति देख्दा स्पष्टै छ– एप्पल चीनमा रहने एक्लो कम्पनी हुँदै छ ।
गत हप्ता माइक्रोसफ्ट जो अहिले पनि चीनमा व्यवसाय सञ्चालन गरिरहेको छ, ले आफ्नो सामाजिक सञ्जाल लिंक्ड इन चीनमा बन्द गर्ने घोषणा ग-यो । कम्पनीका अनुसार चीन सरकारसँग तालमेल मिलाउने चुनौती बढिरहेकाले उक्त निर्णयमा पुग्नुपरेको हो । चीनमा एप्पलको आफ्नै नियन्त्रणको समस्या छ ।
गत हप्ता बीबीसीले समाचारमा दुई लोकप्रिय धार्मिक एप एप्पलको एप स्टोरबाट हटाइएको जनाएको थियो । पछि अमेजन स्वामित्वको अडिबल र याहु फाइनान्स एप पनि हटाइएको थाहा भयो । एप स्टोरको अनुगमन गर्ने एप्पल सेन्सरसिपले यो महिना धेरै एप हटाइएको देखिएको बताएको छ ।
त्यसो भए के हुँदै छ त चीनमा ? बेइजिङमा ढोकापछाडि ठ्याक्कै यही भइरहेको भन्न सकिने अवस्था छैन । तर एप्पल र माइक्रोसफ्टले चिनियाँ सरकार र चिनियाँ प्रविधि उद्योगबीचको घरेलु विवादमा फस्नुपरेको छ । चीनका आफ्नै प्रविधि हस्ती (कम्पनी)हरु छन्– टेन्सेन्ट, अलिबाबा र हुवावे । यी सबै विशाल विश्व कम्पनीहरु हुन् । तर चिनियाँ सरकार उनीहरुको बढ्दो शक्तिसँग चिन्तित छ ।
यसबाट अमेरिकी कम्पनी अछूतो रहने अवस्था छैन । घरेलु प्रविधि कम्पनीमाथिको बढ्दो नियन्त्रणले एप्पल र माइक्रोसफ्ट दुवैलाई सशंकित बनाएको छ । बितेका वर्षभन्दा अहिले उनीहरुको स्थान कमजोर बनेको छ । त्यसकारण उनीहरु कठिन परिस्थितिमा संयमसाथ हिँड्नुपर्ने अवस्था आएको बताउँछन् द ग्रेट फायरवाल अफ चाइनाका लेखक जेम्स ग्रिफिथ्स ।
यता माइक्रोसफ्टको तुलनामा चीनमा एप्पलको फरक प्राथमिकता रहेको बताइएको छ । खासगरी अन्य कम्पनीको तुलनामा चीनमा एप्पल गहिरोसँग जेलिएको छ । गएको त्रैमासिकमा एप्पलले चीन र ताइवानमा झण्डै १५ अर्ब डलर राजस्व उठाएको थियो ।
जुन विशाल आम्दानी हो । एप्पलको विश्व आपूर्ति शृंखला पनि चिनियाँ उत्पादनसँग निर्भर छ । त्यसकारण चीनमा रहिरहन एप्पलले चिनियाँ नियामको परिपालना गर्नैपर्नेछ । यहाँँनेर प्रश्न उठ्न सक्छ– एप्पलले चीनमा किन हार्डवेयर बिक्री गर्दैन र एप स्टोरलाई बिर्सिँदैन ?
समस्या के छ भने एप स्टोर र आईफोन अलग गर्नै नसकिने विश्वास गर्छ एप्पल । उसले यसलाई अलग्याउन चाहँदैन जहाँ मानिसले आईफोनमा एप स्टोरबाहेकबाट एप डाउनलोड गर्न सकून् । एउटा कुरामा चाहिँ एप्पलले कम पैसा बनाउन सक्छ । यदि एप्पलले चीनमा उत्पादन बिक्री गर्दै छ भने एप स्टोर पनि चीनमा अपरेसनल राख्दा त्यति महत्वपूर्ण हुँदैन । एप्पलले एपहरु हटाएर एप स्टोरमाथि सेन्सर पहिलेदेखि नै गर्दै आएको छ । तर विस्तारै सेन्सरसिप कडा बनिरहेको पनि बताइन्छ ।
अन्य कम्पनीहरुले त माइक्रोसफ्टले भन्दा अघि नै चीन छाडेका थिए । गुगलले आफ्नो सर्च इन्जिन सन् २०१० मै हटाएको थियो । चिनियाँ ह्याकिङपछि सर्च इन्जिन हटाएको उसको भनाइ थियो । उसले सर्चमा सेन्सर लगाउँदा आफू खुसी हुन नसकेको बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया