फिल्म खेलेरै डलर करोडपति भए १० भारतीय अभिनेत्री
अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा असमानता भएको बारे तातिरहने भारतीय फिल्म क्षेत्रमा १० अभिनेत्री भने अभिनयबाटै करोडपति बन्न सफल भएका छन् । उनीहरुले ठूला बजेटको फिल्ममा ठूलै पारिश्रमिक लिने गरेका छन् । यसबाहेक उनीहरु विभिन्न ब्रान्डसँगको समर्थन सम्झौता, व्यावसायिक साझेदारी र लगानीबाट समेत मनग्य आम्दानी गरिरहेका छन् ।
कसले कति कति कमाउँछन् ?
ऐश्वर्या राय बच्चन (१० करोड अमेरिकी डलर) भर्खरै मात्र पूर्वविश्व सुन्दरी ऐश्वर्याले पेरिस फेसन विकमा एल’ओरियल पेरिस वुमेन्सवेयर स्प्रिङ/समर२०२२ शोमा सहभागिता जनाइन् । ४७ वर्षीया अभिनेत्रीको कुल सम्पत्ति १० करोड अमेरिकी डलर रहेको छ । उनी दशकयता एल’ओरियल ग्लोबल ब्रान्ड एम्बेसडर रहँदै आएकी छिन् । यसका लागि भएको सम्झौता उनको मुख्य आयस्रोत हो । भारतभित्र पनि प्रसिद्ध अनुहार उनले आफ्नो जीवनकालमा धेरै ब्रान्डहरुको समर्थन गरेकी छिन् । लक्स, कोका–कोला र लंगाइन्सदेखि पेप्सी र फुजी फिल्मसम्मलाई उनको समर्थन छ । देवदास फिल्मकी यी स्टारले साढे ६ लाख अमेरिकी डलर पोषणसम्बन्धी स्वास्थ्यसेवा कम्पनीमा लगानी गरेको इकोनोमिक टाइम्स इन्डियाले जनाएको छ ।
प्रियंका चोपडा जोन्स (७ करोड डलर) धेरै धनी १० बलिउड सुन्दरीको सूचीमा दोस्रो स्थानमा आउँछिन् विश्व सुपरस्टार प्रियंका चोपडा । सेलिब्रिटी नेटवर्थका अनुसार ३९ वर्षीया प्रियंकासँग वार्षिक आय १ करोड डलरसहितको ७ करोड अमेरिकी डलर सम्पत्ति छ । अभिनय करिअर हलिउडमा फस्टाइरहँदा यी भारतीय अभिनेत्री मोटै चेक क्रोक्स, बोन भी!भी स्पाइक्ड सेल्ट्जरलगायतका ब्रान्डबाट हात थाप्छिन् । उनी भर्खरैमात्र बल्गारीको ग्लोबल एम्बेसडर समेत भएकी थिइन् । उनी फिल्म र सांगीतिक उत्पादक पनि हुन् । श्रीमान् निक जोन्ससँग मिलेर सांगीतिक क्षेत्रमा काम गरिरहेकी उनले बम्बललगायतका प्रविधि कम्पनीमा लगानी पनि गरेकी छिन् । यतिमात्र होइन प्रियंका अनोमली ब्रान्ड र न्युयोर्कमा सोनाको रुपमा चर्चित भारतीय रेस्टुराँकी मालिक पनि हुन् ।
करिना कपुर (६ करोड डलर) यो सूचीको तेस्रो नम्बरमा पर्छिन् ४१ वर्षीया करिना कपुर । दुई दशकसम्म बलिउडमा राज गरेकी करिनासँग ६ करोड अमेरिकी डलर सम्पत्ति रहेको आईबीटाइम्सले जनाएको छ । फिल्म क्षेत्रमा लामो समय सक्रिय उनले धेरै आयसम्बन्धी सम्झौता गरेकी छिन् । उनले १५ भन्दा धेरै ब्रान्डहरुलाई समर्थन गरेकी छिन् । थ्रि इडियट्सकी उनले बान्द्रा, मुम्बईजस्ता चर्चित भारतीय सहरमा घरजग्गा क्षेत्रमा समेत लगानी गरेकी छिन् ।
अनुष्का शर्मा (४ करोड ७० लाख डलर) डीएनए इन्डियाका अनुसार अभिनेत्री अनुष्का शर्मासँग ४ करोड ६० लाख अमेरिकी डलर सम्पत्ति छ । पीके फिल्मकी यी स्टारले एउटा फिल्ममा अभिनय गरेबापत १५ करोड भारु (२० लाख डलर) लिने गरेको डीएनए इन्डियाले जनाएको छ । ३३ वर्षीया यी सुन्दरीको शुल्क बलिउडमा औसतभन्दा माथि नै रहँदा भर्खरै आमा बनेकी उनले थुप्रै हाइप्रोफाइल ब्रान्ड निभिया, प्यान्टिनी, एली १८ कस्मेटिक्स, गुगल पिक्सेल र भिभोसँग समर्थन सम्झौता गरेकी छिन् ।
दीपिका पादुकोण (४ करोड डलर) यो वर्षको सुरुतिरै दीपिका पादुकोणले सञ्जयलीला भन्सालीको आगामी प्रोजेक्ट ‘बैजु बावरा’मा पारिश्रमिकमा कुरो नमिल्दा अस्वीकार गरिन् । ३५ वर्षीया यी सुन्दरी समान पारिश्रमिककी वकालत गर्छिन् । बाहुबली स्टार प्रभास र अमिताभ बच्चनसँगको आगामी फिल्ममा उनले २७ लाख अमेरिकी डलर पारिश्रमिक लिएको बताइएको छ । पद्मावतकी यी स्टारले कोकाकोला, नाइक, एल’ओरियल पेरिस, चोपार्ड, टिसोटजस्ता ठूला ब्रान्डलाई समर्थन गरेकी छिन् । भर्खरै उनले आफ्नै लाइफस्टाइल ब्रान्डको घोषणा गरेकी थिइन् जुन सन् २०२२ मा आउने बताइएको छ । सेलिब्रिटी नेटवर्थका अनुसार उनीसँग ४ करोड अमेरिकी डलर सम्पत्ति छ ।
माधुरी दीक्षित (३ करोड ५० लाख डलर) १९९० को दशकको धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् हँसिलो अनुहारकी माधुरी । ५४ वर्षीया यी अभिनेत्रीसँग अझै पपनि ठूला परियोजना र टीभी गिग्स छन् । उनीसँग साढे ३ करोड अमेरिकी डलर सम्पत्ति रहेको सेलिब्रिटी नेटवर्थको भनाइ छ । अभिनय करिअरबाट सन् २००७ मा केही समय विश्राम लिएकी उनले फेरि पछि फर्किनुपरेको छैन । त्यसयता दर्जन फिल्ममा देखिएकी छिन् ।
सन् २०१९ को टोटल धमालमा उनले ठूलै चर्चा कमाएकी थिइन् । उनलाई नृत्यमा पारंगत अभिनेत्री मानिन्छ । भारतीय चर्चित टिभी शो झलक दिख्ला जामा निर्णायकको भूमिका निर्वाह गरेकी उनले सो यु थिंक यु क्यान डान्स (इन्डिया) र डान्स दिवानेमा पनि सोही भूमिका पाएकी थिइन् । यसबाहेक विभिन्न ब्रान्डसँगको समर्थन सम्झौताबाट पनि उनले राम्रै आम्दानी गर्छिन् ।
क्याट्रिना कैफ (३ करोड डलर) अभिनयमा धेरै मिहिनेत पोख्नेका रुपमा चर्चित बलिउड सुन्दरी हुन् क्याट्रिना । उनीसँग ३ करोड डलर सम्पत्ति रहेको सेलिब्रिटी नेट वर्थले जनाएको छ । ३५ वर्षीया यी सुन्दरीले बक्स अफिसमा बितेको ५ वर्षमा थुप्रै हिट फिल्म दिएकी छिन् । टाइगर जिन्दा है (२०१२), जिरो (२०१८) र भारत (२०१९) यसका उदाहरण हुन् ।
जीक्यु इन्डियाका अनुसार क्याट्रिनाले थुप्रै ब्रान्डको समर्थन गरेकी छिन् । रिबोक, ट्रोपिकाना, लेन्सकार्ट, मेट्रो शुज र ओप्पोसँग उनको सम्झौता छ । यसबाट वार्षिक ३ करोड डलर आय हुने गरेको छ । उनले के ब्युटी नामको शृंगार ब्रान्ड पनि ल्याएकी छिन् ।
शिल्पा शेट्टी (१ करोड ८० लाख डलर) श्रीमान् राज कुन्द्राको विवादले चर्चा पाइरहँदा शिल्पा शेट्टी व्यवसाय समझदार बनेकी छिन् । उनीसँग १ करोड ८० लाख डलर सम्पत्ति रहेको सीए नलेजले जनाएको छ । बेलायतको सेलिब्रिटी बिग ब्रदर जितेपछि धेरै फिल्म नगरे पनि उनले आफ्नो अभिनयकौशललाई आयको मुख्य माध्यम बनाएकी छिन् । उनले सफल फिटनेस एप सिम्पल सोलफुल एप, उच्चश्रेणीको रेस्टुराँलगायत पनि सञ्चालन गरेकी छिन् । माधुरीकै पदचाप पछ्याएकी उनी पनि जरा नाचके दिखा, नाच बालिये र सुपर डान्सरकी निर्णायक बनेकी थिइन् । टाइम्स अफ इन्डियाका अनुसार शेट्टीले १ देखि १ करोड ४० लाख भारुसम्म सुपर डान्सरबाट लिन्छिन् ।
काजोल (१ करोड ६० लाख डलर) काजोल बलिउडको चर्चित नाम हो । उनले बलिउडमा सफल फिल्महरु दिएकी छिन् । उनीसँग १ करोड ६० लाख डलर सम्पत्ति रहेको छ । रिपब्लिक वर्ल्डका अनुसार मुम्बईमा शिव शक्ति नामको विलासी भवन उनकै स्वामित्वमा छ । यसबाहेक धेरै ब्रान्डलाई समर्थन गरेबापत पनि आय हुने गरेको छ । उनी अभिनेता अजय देवगनकी श्रीमती हुन् ।
विपाशा बासु (डेढ करोड डलर) मोडल हुँदै अभिनेत्री बनेकी विपाशा बासुसँग डेढ करोड अमेरिकी डलर सम्पत्ति रहेको सेलिब्रिटी नेटवर्थले जनाएको छ । सन् २००० को दशकको सुरुतिर उनले फेसनेबल पहिरन र शरीरको आकर्षक फिगरले बलिउडमा राम्रै प्रभुत्व जमाएकी थिइन् । उनका तीन सफल डीभीडी त छँदै छ, लाइफस्टाइल ब्रान्ड द लेबल लाइफमा पनि अन्य अभिनेत्रीसँग स्वामित्व बाँडेकी छिन् । साउथ चाइना मर्निङ पोस्टबाट अनुवाद
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया