Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१० खर्ब डलर मूल्यवान् कम्पनी बन्यो टेस्ला

१० खर्ब डलर मूल्यवान् कम्पनी बन्यो टेस्ला


अमेरिका । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बजार मूल्यांकन १० खर्ब डलर नाघेको छ । यति धेरै सम्पत्ति मूल्यांकन हुने टेस्ला पाँचौँ कम्पनी हो । एक लाखवटा कार किन्न भाडामा कार सेवा उपलब्ध गराउने कम्पनी हर्ट्जले अर्डर गरेसँगै कम्पनीको सेयर १२.६ प्रतिशतले आकाशिएको थियो । यही कारण कम्पनीको बजार मूल्यांकन नै ह्वात्तै बढेको हो । टेस्ला बेलाबखत विश्वकै मूल्यवान् कम्पनी भए पनि फोर्ड जीएमजस्ता कम्पनीले धेरै कार उत्पादन गर्छन् ।

यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गुगलको मातृकम्पनी अल्फाबेटले यो स्थान लिइसकेका छन् । धेरै वर्षसम्म टेस्लाले कार उत्पादन बढाउन नै संघर्ष गर्नुपरेको थियो । त्यतिबेला केही लगानीकर्ताले त यो कम्पनी डुब्छ सम्म भन्ने गरेका थिए । तर गत वर्ष अर्बपति एलन मस्कले नेतृत्व गरेको कम्पनीले पहिलोपटक नाफा देख्नसक्यो । योसँगै कम्पनीको सेयर बढ्नथालेको हो । सेयर बढेसँगै मस्कको २३ प्रतिशत अहिले दुई खर्ब ३० अर्ब डलर मूल्यवान् भएको छ । हर्ट्जसँगको सम्झौता अहिलेसम्मकै ठूलो मागको सम्झौता हो । यसले विद्युतीय कारप्रतिको विश्वास थप बढाउने अपेक्षा गरिएको छ । हर्ट्जले टेस्लाको मोडल ३ एक लाखवटा कारको लागि चार अर्ब २० करोड अमेरिकी डलर आगाामी १४ महिनामा तिर्नुपर्नेछ ।

कम्पनीले कारको मागसँगै चार्जिङ स्टेसनको सञ्जाल नै निर्माण गर्ने भएको छ । टेस्ला कारले एक पटकको चार्जमा तीन सय ५० माइल यात्रा गर्न सक्छ । तर अमेरिकामा चार्जिङ पूर्वाधारको कमी भएका कारण असहज नै छ । यसलाई बाइडेन प्रशासनले परिवर्तन हुने आशा गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x