नेपालसहित ६० देशका लागि खुल्यो थाइल्यान्ड
बैंकक । कोरोनाको खोप पूर्णमात्रा लगाइसकेका नेपालसहित ६० देशका पर्यटकका लागि थाइल्यान्ड खुल्ला भएको छ । सोमबारदेखि कोरोनाबाट कम जोखिम भएका देशका नागरिकलाई देश आउन दिने निर्णय थाइल्यान्ड सरकारले गरेको हो ।
विगत १८ महिनादेखि कोरोनाको कारण बाह्य आवतजावत बन्द गरिएको थियो । यी देशका नागरिकलाई दुवै मात्रा खोप भने अनिवार्य लगाएको हुनुपर्नेछ । उनीहरुलाई होटल क्वारेन्टाइन पनि बस्नु नपर्ने बताइएको छ । योसँगै आगामी वर्ष थाइल्यान्डमा डेढ करोड पर्यटक पुग्ने अनुमाान गरिएको छ । यो संख्यामा पर्यटक पुग्दा देशले ३० अर्ब अमेरिकी डलरभन्दा धेरै रकम आम्दानी गर्नेछ ।
यद्यपि देशका धेरै ठाउँमा कोभिडविरुद्धका प्रतिबन्धहरु कायमै छन् । थाइल्यान्डले ४२ प्रतिशत नागरिकलाई पूर्णरुपमा खोप लगाइसकेको छ । अहिले पनि देशमा दैनिक १० हजार कोभिड संक्रमणको तथ्यांक छ । कोरोना भाइरसकै कारण थाइल्यान्डको अर्थतन्त्रमा ठूलो नोक्सानी पुगेको छ । महामारी नभएको भए वर्षमा चार करोड पर्यटक पुग्ने थियो । गत वर्ष पर्यटक आगमन ८० प्रतिशतभन्दा धेरैले घटेको थियो ।
देशका बैंकक र फुकेत विमानस्थल बेलायत, चीन, जापान, अमेरिका र धेरैजसो युरोपेली देशका लागि खुल्ला भएका छन् । थाइसरकारले सन् २०२३ सम्ममा महामारीअघिको अवस्थामा राजस्व संकलन हुने अपेक्षा गरेको छ । तर चीनसँगको सीमा नखुलेका कारण पर्यटन क्षेत्रलाई अझै अप्ठ्यारो रहेको बताइएको छ । महामारीअघि ठूलो संख्यामा चिनियाँ पर्यटक भित्रिने गरेका थिए । सन् २०१९ मा चीनबाट मात्रै एक करोड २० लाख पर्यटक भित्रिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया