रोबिनहुड डेटा चुहावटबाट ७० लाख प्रभावित
अमेरिका । अमेरिकी सेयर ट्रेडिङ एप रोबिनहुडबाट डेटा चुहावट भएको छ । यसका ७० लाख प्रयोगकर्ता यसबाट प्रभावित भएको बताइएको छ । यो प्रकरणमा उनीहरुको नाम र इमेल सार्वजनिक भएको बताइएको छ । कम्पनीले सीमित संख्यामा आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचना चुहावट भएको दाबी गरेको छ । त्यसमाथि कम्पनीले आफूले संकलन गर्ने अमेरिकी सामाजिक सुरक्षा संख्या र वित्तीय सूचना यो चुहावटबाट बचेको बताएको छ ।
रोबिनहुड यसको भुक्तानी अस्वीकार गरेको र यसविरुद्ध रिपोर्ट गरेको जनाएको छ । यस्ता -यान्सम मागहरुलाई साइबर आक्रमणमा सामान्य मानिन्छ र केही रकम दिएर आक्रमण भएका डेटा र यसको चुहावट रोक्ने गरिन्छ । तर आफूले त्यसो पनि नगरेको कम्पनीले जनाएको छ । बरु कम्पनीले सरकारी अधिकारीलाई यसबारे जानकारी गराएको र बाह्य साइबर सुरक्षा कम्पनीलाई यो घटनाको समाधानका लागि नियुक्त गरेको जनाएको छ । कम्पनीले वक्तव्यमा भनेको छ, ‘हामी हाम्रा प्रयोगकर्ताप्रति बफादार र पारदर्शी छौँ, घटनासँगै अब हामीले उचित ध्यान दिनुपर्नेछ ।’
यो घटना गत ३ तारिखमा भएको थियो । यसमा ५० लाखको इमेल कम्प्रोमाइज भएको र २० लाखको नाममा सोसल इन्जिनियरिङ नामक विशेष लक्षित स्क्याम जुन कसैलाई लग इन गर्न झुक्याउने टुलमार्फत चुहावट भएको बताइएको छ । कम्पनीका अनुसार तीन सय १० मानिसको अलिक धेरै सूचना बाहिरिएको छ । त्यसमा नाम, जन्ममिति र अमेरिकी जिप कोड समावेश छ । अरु १० जनाको अलिक धेरै संवेदनशील कुरा चुहावट भएको बताइएको छ । रोबिनहुड अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ भने १८ वर्ष माथि उमेरका सामाजिक सुरक्षा नम्बर पाएकाले मात्रै चलाउन पाउँछन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया