विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध
चिनियाँले लगाए दुई अर्ब ३३ करोड डोज खोप
बेइजिङ । चीनले विकासोन्मुख देशहरूमा कोभिड–१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ । खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै हालै द फ्रीमा प्रकाशित लेखअनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च गर्ने तर विकासोन्मुख देशहरूले भने खोप र उपचारको प्रबन्ध गर्न संघर्ष गरिरहेको टिप्पणी गरेको छ । उक्त लेख अनुसार चीन एक मात्र देश हो जसले दर्जनौं राज्यहरूलाई अनुदान सहायता प्रदान गरेर यो यो महामारीको दुष्चक्र तोड्न खोजेको छ ।
चीनले हालसम्म १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई १.६ अर्ब भन्दा बढी खोप उपलब्ध गराएको छ र जी २० नेताहरूको शिखर सम्मेलनमा विश्वका लागि वर्षभरि २ अर्बभन्दा बढी डोज खोप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । बेइजिङले विकासोन्मुख देशहरूलाई खोप आपूर्ति र मानवीय सहायताको नाममा कुनै पनि प्रकारको राजनीतिकरणको कडा विरोध गरेको जनाइएको छ ।
चिनियाँले लगाए दुई अर्ब ३३ करोड ८० लाख डोज खोप यसैबीच, चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ ।
सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । सो समयदेखि हालसम्म विश्वभर २५ करोड ११ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको संक्रमणको कारण मृत्यु भएको छ । यद्यपि २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । रासस-सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया