टोयोटाले वैकल्पिक इन्धन विकास गर्ने
ओकायामा (जापान) । टोयोटा मोटर कर्पले वैकल्पिक इन्धनको विकास गर्ने भएको छ । अन्य जापानी सवारीसाधन उत्पादकसँग मिलेर आन्तरिक कम्बस्टनन इन्जिनका कारहरुकाा लागि वैकल्पिक हरित इन्धन विकास गर्ने घोषणा शनिबार कम्पनीले गरेको हो । यसमा हाइड्रोजन र सिन्थेटिक इन्धनहरु बायोमासबाट उत्पादन गरिनेछ ।
टोयोटाले माज्डा मोटर कर्प, सुबारु कर्प, यामाहा मोटर र कावाासाकी हेभी इन्डस्ट्रिजसँग मिलेर वैकल्पिक इन्धन विकास गर्नलागेको टोयोटाले जनाएको छ । अहिले हाइड्रोजन कार कुदाइरहेको सहर ओकायामामा कम्पनीले यस्तो घोषणा गरेको हो । यी कारहरु अहिले अन्य टोयोटा ड्राइभरसँगै कम्पनी प्रमुख कार्यकारी अकियो टोयोदाले कुदाइरहेका छन् ।
इन्टरनल कम्बस्टन इन्जिनहरुलाई हाइड्रोजनजस्ता हरित इन्धनमा रुपान्तरण गर्न प्राविधिक रुपमा निकै कठिन हुन्छ तर यसो गर्दा कम्पनीलाई दशक पुरानो आपूर्ति प्रणाली र हजारौँ कामदारलाई सहयोग पुग्नेछ । अन्यथा सयौँ हजार कामदार कम्पनीहरु विद्युतीय सवारीसाधनमा जाँदा रोजगारी विमुख हुनसक्नेछन् । कार्बन उत्सर्जनलाई लिएर विश्वका सरकारहरुले वातावरणीय नियन्त्रणमा कडाइ गर्दा अटोमेकरहरु टोयोटालगायत विद्युतीय सवारीसाधन उत्पादनलाई तीव्रता दिइरहेका छन् । जापानले सन् २०५० सम्ममा कार्बन शून्य हुने प्रतिबद्धता जनाइरहँदा अहिले हाइड्रोजन इन्धनको प्रयोगलाई प्रवर्द्धन गरिरहेको छ ।
टोयोटाले सन् २०२५ सम्म १५ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले साढे १३ अर्ब अमेरिकी डलर अर्को दशकसम्म लगानी गर्ने बताएको छ । यो अवधिमा कम्पनीले ब्याट्री उत्पादन क्षमता विस्तार गर्नेछ । यही बेला कम्पनीले हाइड्रोजन पावर्ड सवारीसाधन विकासलाई पनि निरन्तरता दिइरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया