Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारवित्तीय प्याकेजको अवस्था मूल्यांकन गर्न पाकिस्तान आयो कोषको टोली

वित्तीय प्याकेजको अवस्था मूल्यांकन गर्न पाकिस्तान आयो कोषको टोली


इस्लामावाद, माघ २१
अन्तर्राष्ट्रिय मुद्राकोषको एक टोली ६ अर्ब डलरको वित्तीय प्याकेजले काम गरे/नगरेको अध्ययन गर्न पाकिस्तान आएको छ । गत वर्ष जुलाईमा उक्त डलरको ‘बेल आउट’ प्याकेज कोषले पाकिस्तानलाई दिएको थियो । टोली ११ दिन लामो भ्रमणका क्रममा पाकिस्तान आएको बताइएको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा पाकिस्तानको राजस्व संकलनमा कमी आएको छ । यो प्याकेजअनुसार सुधारात्मक अवस्था देखिए कोषले पाकिस्तानलाई अर्को ४५ करोड डलर सहायता दिनेछ । गत वर्ष नोभेम्बरमा पनि कोषले ३९ महिने कार्यक्रमको मूल्यांकन गरेको थियो ।

खासगरी प्याकेजसँगै पाकिस्तानी बजारको स्वस्थता र विदेशी विनिमय सञ्चितिमा सहयोग पुग्ने कोषको अपेक्षा थियो । पाकिस्तानले हालसम्म १ अर्ब ४४ करोड डलर सुरक्षित गरेको छ । सोहीअन्तर्गत जुलाईमा ९९ करोड १० लाख डलर पाएको थियो । गत वर्ष डिसेम्बरमा पाकिस्तानले पहिलो किस्ताजसरी ४५ करोड २० लाख डलर पाएको थियो । कुल रकम भने ६ अर्ब डलर रहेको छ । पाकिस्तानले सन् २०२३ सम्म १.६५ अर्ब डलरको हिसाबले रकम पाउनेछ । सोही समयमा पाकिस्तानले कोषलाई ४ अर्ब ३६ करोड डलर तिर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x