इराकमा सरकारविरोधी प्रदर्शन : चार महिनामा ५ सय ३६ जना मारिए
बग्दाद, माघ २१
इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकारविरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५ सय ३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन् । मृत्यु भएकाहरुमा ५ सय १९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन् । आयोगका अनुसार घाइते भएकामध्ये २० हजार २६ जना प्रदर्शनकारी र ३ हजार ५ सय १९ जना सुरक्षाकर्मी रहेका छन् ।
आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७ सय १३ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताए । पक्राउ परेकामध्ये हाल ३ सय २८ जना थुनामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ । सरकारको विरोधमा राजधानी बग्दाद र अरु शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरुले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन् । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया