११ महिनाका भारतीय बच्चालाई दुवईमा प¥यो ७ करोडको चिठा
दुवई, माघ २३
एक जना भारतीय शिशु रातारात करोडपति बनेका छन् । केरलामा बस्ने मोहम्मद सालाह मात्र ११ महिनाका हुन् तर उनी रातारात करोडपति बन्न पुगेका छन् । आउँदो फेब्रुअरी १३ मा १ वर्ष पुग्नलागेका उनलाई दुवईमा ७ करोडको चिठा परेको मिडियाहरुले जनाएका छन् । कसरी मोहम्मदलाई उक्त चिठा प-यो भन्ने जिज्ञासा हुनसक्छ । शिशुका बुबाका अनुसार उनले छोराको नाममा चिठा खरिद गरेका थिए । सोही चिठाले उनलाई करोडपति बनाइदिएको हो । उनले उक्त रकम के गर्ने भन्ने नसोचेको बताए ।
गल्फ न्युजका अनुसार बच्चाका बाबु रहमान पछिल्लो ६ वर्षयता दुवईमा रहँदै आएका थिए । उनले काटेको टिकट नम्बर १३१९ र श्रेणी ३२३ रहेको थियो । रहमानले आफ्नो बच्चाको भविष्य उज्वल रहेको जानकारी दिए । उक्त चिठामा दुवईमै बस्ने इरानका ३३ वर्षीय शागहयेग अटरजादेह पनि छन् । उनले मर्सिडिज बेन्ज जितेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया