चीनका सार्वजनिक उडान जारी रहने
बेइजिङ, माघ २४
चीनको सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई उनीहरू जहाँ भए पनि घर फर्कन चाहेको समय सहज व्यवस्था उपलब्ध गराउने विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन् । प्रवक्ता हुआ चुन्निङले केही विदेशी अधिकारीले आगामी दिनमा चीनले आगामी हप्ताहरूमा अझ बढी प्रतिबन्ध लगाउने र व्यवसायिक उडानमा चीन छोड्न गाह्रो हुने डरले छिट्टै चीन छोड्नुपर्ने कुरा बताउँदा उक्त टिप्पणी गरेका हुन् । ‘त्यो केवल अफवाह मात्र हो’, हुआले भने ।
चिनियाँ सरकारले स्वदेशी तथा विदेशी नागरिकहरू सबैको जीवन र स्वास्थ्यलाई उच्च महत्व दिएको उनले बताए । उनले भने, ‘चीनले जटिल कोरोना भाइरसविरूद्ध सबभन्दा व्यापक तथा कडाईका साथ निवारण र नियन्त्रणका उपायहरू अपनाएको छ । चीनले चालेका कदम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तराष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्डभन्दा स्तरीय रहेको छ ।’ उनका अनुसार अहिले चीनमा विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरको ग्यारेन्टी छ ।
‘चीनको नागरिक उड्डयन प्रशासनले हवाईजहाजमा फैलाउने भाइरसको सम्भावना कम गर्न र अन्तराष्ट्रिय उडानमा यात्रुहरूको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न प्रभावकारी कदम चालेको छ’, प्रवक्ताले भने, ‘हामी आशावादी छौँ सबै देशहरूले महामारीको स्थिति र चीनको प्रयासलाई बढी शंका गरेर होइन शान्त, वस्तुनिष्ठ र तर्कसङ्गतरूपमा मूल्याङ्कन गर्न जरूरी भएको छ ।’
उनले केही देशले डब्ल्यूएचओको सिफारिश र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन बुलेटिनहरूको बाबजुद उडान स्थगित गर्ने जस्ता चरम प्रतिबन्धहरूको अनुशरण गरेपछि केही चिनियाँ नागरिकहरू विदेशमा फसेको बताए । चिनियाँ सरकारले यस अवस्थालाई सम्बोधन गर्न ठूलो महत्व राख्छ । विदेश मन्त्रालय र चिनियाँ कूटनीतिक नियोगहरू विदेशमा उडानहरू परिवर्तन गरेर वा अन्य देशहरूको माध्यमबाट ट्रान्जिट गरेर उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया