विपक्षीको महाअभियोगबाट उम्किए राष्ट्रपति ट्रम्प
अमेरिका, माघ २४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका हुन् । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रत्रिया अगाडि बढेको थियो । राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो ।
हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो । तर विपक्षमा ५२ मत परेको थियो । त्यस्तै अमेरिकी संसद्लाई अवरोध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त भएको थियो । एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ । अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन् । राष्ट्रपति विरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता पर्छ । महाभियोगको हल्लाविरुद्ध अमेरिकी जित भएको दाबी राष्ट्रपति ट्रम्पले गरेका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया