विश्का हवाइ यात्रु वृद्धिदर झण्डै तीन प्रतिशतले घट्यो
लन्डन, माघ २६
अन्तर्राष्ट्रिय हवाइ यातायात संघले सन् २०१९ मा ४.२ प्रतिशत हवाइ यात्रु वृद्धि जनाएको छ । २०१८ मा ७.३ प्रतिशत हवाई यातायात वृद्धि भएकोमा २०१९ मा ४.२ प्रतिशत मात्रै भएको हो। यसले २०१८ को तुलनामा २०१९ को वृद्धिदरमा कमी आएको देखाएको छ । ‘एयरलाइन्सले विभिन्न चुनौतीहरुको सामना गर्दै गत वर्ष स्थिर वृद्धि गर्न राम्रा पदर्शन गर्यो।
एक नरम आर्थिक पृष्ठभूमि, कमजोर विश्वव्यापी व्यापार गतिविधि र राजनीतिक र भौगोलिक तनाव भोग्नुप-यो । उत्कृष्ट क्षमता व्यवस्थापन र ७३७ म्याक्स ग्राउन्डिङका प्रभावहरु हवाइ उद्योगमा पर्यो,’ संघका निर्देशक तथा सीईओ अलेक्जेन्डर डी जुनिकले भने ।
अन्तर्राष्ट्रिय हवाइ यात्रुमा सबैभन्दा धेरै अफ्रिकन एयरलाइन्सले ५ प्रतिशत वृद्धि गरेका छन् भने युरोपेमा ४.४, एसिया प्रशान्त क्षेत्रमा ४.५, दक्षिण अमेरिकामा ३.९, ल्याटिन अमेरिका ३ र सबैभन्दा कम वृद्धिदर मध्यपूर्वी देशमा २.६ प्रतिशत रहेको छ । आन्तरिक उडानमा चिनियाँ जहाजको ७.८ प्रतिशत रहेको छ भने भारतको ५.१ प्रतिशत यात्रु वृद्धिदर रहेको संघले उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया