बंगलादेशमा महिला सञ्चालित १२ सय व्यवसायलाई विश्व बैंकले सघाउने
ढाका, माघ २७
विश्व बैंक समूहले वि कनेक्ट इन्टरनेशनलसँग मिलेर बंगलादेशमा महिलाले सञ्चालन गरेका १ हजार २ सय व्यवसायलाई सघाउने भएको छ । ती व्यवसायको विस्तार तथा अभिवृद्धिमा विश्व बैंकले सघाउने जनाएको बंगलादेशी मिडियाले जनाएका छन् ।
विश्व बैंकका अनुसार उक्त परियोजनलाई वुमन आन्ट्रप्रेनर्स फाइनान्स इनिसिएटिभले सघाइरहेको छ । महिलाले चलाएका व्यवसायले बंगलादेशको आर्थिक वृद्धिदरलाई समेत सघाउने विश्व बैंकको विश्वास छ । विश्व बैंकले यसखाले पाइलट प्रोजेक्टहरु यसअघि पनि सञ्चालन गर्दै आएको थियो ।
बंगलादेशमा ठूला, मध्यम र साना गरी मात्र ५ प्रतिशत व्यवसाय मात्रै महिलाले सञ्चालन गरेका छन् । बंगलादेशको वाणिज्य मन्त्रालय, विफाई र विश्व बैंक समूहले वि कनेक्ट इन्टरनेशनलसँग सहकार्य गरी व्यवसायमा सघाउनेछन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया