बेजोसले किने साढे १६ करोड डलरको घर
सन फ्रानिसस्को, फागुन २
चर्चित धनी तथा अमेजनका प्रमुख जेफ बेजोसले अमेरिकाको लस एन्जलस राज्यमा साढे १६ करोड डलर मूल्यको आलीशान महल खरिद गरेका छन् । उक्त राज्यमा यो अहिलेसम्मकै महंगो खरिदको कीर्तिमान भएको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार बेजोसले उक्त घर मिडिया कारोबारी डेभिड गेफेनसँग खरिद गरेका हुन् । समाचारअनुसार लस एन्जलसकै यो अहिलेसम्मको महंगो खरिद हो ।
यसअघि सन् २०१९ मा लासन मर्डोकले बेल–एयर इस्टेट खरिदको लागि १५ करोड डलर खर्च गरेका थिए । बेजोसको नयाँ घर ९ एकड जमिनमा फैलिएको छ भने गेस्ट हाउस, टेनिस कोर्ट, गल्फ कोर्सलगायतका धेरै कुराहरु रहेका छन् । वार्नर ब्रदर्सका पूर्वअध्यक्ष ज्याक वार्नरले यो घर सन् १९३० मा बनाएका थिए । अमेजनका प्रमुख बेजोससँग १ खर्ब १० अर्बभन्दा धेरै सम्पत्ति छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया