Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररेनोको कुल घाटा १४ करोड १० लाख युरो

रेनोको कुल घाटा १४ करोड १० लाख युरो


युरोप, फागुन ५
फ्रान्सेली कार निर्माता रेनालाई गत वर्ष १० वर्षयताकै पहिलो नोक्सानीको सामना गर्नुपरेको छ । सन् २०१९ मा रेनोले कुल १४ करोड १० लाख युरो घाटा व्यहोरेको हो । बिक्री घटेको र जापानी साझेदार निसानको कम सहयोगका कारण कम्पनीले उक्त घाटा व्यहोरेको बताइएको छ । रेनोले सञ्चालन मुनाफामा सन् २०२० का लागि घाटाको सामना गर्नुपरेको शुक्रबार जनाएको हो ।

गत वर्ष कम्पनीको अपरेटिङ मार्जिन ६.३ प्रतिशतबाट ४.८ प्रतिशतमा झरेको जनाएको छ । यसका बाबजुद कम्पनीले अक्टोबरमा पेस गरेको संशोधित लक्ष्य भेट्टाएको दाबी गरेको छ । साझेदार कम्पनी निसान वर्षैभरि प्रमुखविहीन बनेको थियो । पूर्वप्रमुख कार्लोस गोसन जापानमा पक्राउ परेपछि सन् २०१९ भरि कम्पनी प्रमुखविहीन बनेको थियो । पछि उनी भागेर लेबनान पुगेका छन् ।

रेनाले विश्व अटोबजारमा संघर्ष गरिरहेको छ । उसको आम्दानी ३.३ प्रतिशतले घटेर ५५ अर्ब युरोमा झरेको छ । त्यस्तै बिक्री पनि ३.४ प्रतिशतले घटेर ३७ लाख ५० हजारवटामा झरेको छ । सन् २०२० मा पनि कम्पनीलाई गाह्रो हुन सक्ने बताइएको छ । त्यस्तै निसानको नाफामा पनि ठूलो परिमाणमा गिरावट आएको बताइएको छ । गोसन पक्राउपछि कम्पनीले कमजोर मागको सामना गरेको छ । त्यसमाथि कोरोना भाइरसको महामारीको चपेटामा पर्नुपरेको बताइएको छ । रेनोको शुक्रबार सार्वजनिक तथ्यांक सन् २००९ यताकै खराब भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x