Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपुँजीबजार बलियो पार्न बंगलादेशलाई एडीबीले दियो १७ करोड डलर

पुँजीबजार बलियो पार्न बंगलादेशलाई एडीबीले दियो १७ करोड डलर


ढाका, फागुन ५
एसियाली विकास बैंकले बंगलादेशलाई पुँजीबजार बलियो बनाउन १७ करोड अमेरिकी डलर सापटी दिएको छ । बंगलादेशी मिडियाहरुका अनुसार यो रकम तेस्रो पुँजीबजार विकास कार्यक्रममा खर्च हुनेछ । यो कार्यक्रम सन् २०१५ मा ल्याइएको थियो । एडीबीले दोस्रो कार्यक्रममा प्रभावकारी सुधारको लागि आधारभूत कुरामा जोड दिएको थियो । तेस्रो कार्यक्रमले भने नीतिगत र संस्थागत सुधारलाई लक्ष्य गरेको बताइएको छ ।

यसमा क्लियरिङ र सेटलमेन्ट सिस्टमलाई मुख्य जोड दिइएको छ । उक्त ऋण रकमले दुईवटा डिम्युचुअलाइज्ड स्टक एक्सचेन्जबाट नयाँ वित्तीय संयन्त्र ल्याएको छ । यसले वित्तीय रिपोटिङ र बीमा क्षेत्रलाई बलियो पार्ने उच्चस्तरीयता स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सन् २०१५ को नोभेम्बरमा एडीबीले सबै कार्यक्रमको लागि २५ करोड अमेरिकी डलर स्वीकृत गरेको थियो । जसअन्तर्गत सुरुको लागि ८ करोड छुट्याइएको थियो ।

योसँगै दक्षिण कोरियाली सरकारको इ–एसिया र नलेज पार्टनरशिप फन्डले पनि लाखौँ डलरको प्राविधिक सहयोग गरेको बताइएको छ । यसले पुँजीबजारमा सुधार ल्याएको बंगलादेशी मिडियाले जनाएका छन् । एडीबीको उक्त कार्यक्रमबाट दिगो पुँजीबजार विकास हुने अपेक्षा गरिएको एडीबीको वित्तीय क्षेत्र विशेषज्ञ ताकुया होशिनोले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x