श्रीलंकामा हट्यो मास्क अनिवार्य नियम
कोलम्बो । श्रीलंकामा मास्क लगाउनैपर्ने निर्णय खारेज गरिएको छ । सिन्ह्वाका अनुसार श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए ।
कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मस्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । स्वास्थ्यमन्त्री रामबुक्वेलाका अनुसार श्वास प्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनैपर्ने नियम कायमै छ ।
उनले भने, ‘कसैले मास्क लगाइरहन चाहन्छ भने उसले लगाइरहन पाउने छ, उसलाई मास्क खोल्नै पर्ने भन्ने छैन ।’ मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भए पनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उनको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया