Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराष्ट्रसंघ भन्छ– युक्रेन युद्धले विश्वमा खाद्य संकटको जोखिम बढ्यो

राष्ट्रसंघ भन्छ– युक्रेन युद्धले विश्वमा खाद्य संकटको जोखिम बढ्यो


अमेरिका । रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जासंकट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

राष्ट्रसंघीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ । आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ ।

‘यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा संकटले अर्बौ नराम्ररी प्रभावित हुनेछन्’, प्रतिवेदनमा भनिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x