अस्ट्रेलिया र न्युजिल्यान्डमा जीएमको व्यवसाय बन्द
न्युयोर्क/बेइजिङ, फागुन ७
अमेरिकी सवारीसाधन निर्माता जनरल मोटर्स कम्पनीले अस्ट्रेलिया र न्युजिल्यान्डमा व्यवसाय बन्द गरेको छ । त्यस्तै थाइल्यान्डको प्लान्ट पनि बिक्री गरेको छ । विश्वव्यापी व्यवसायलाई पुनर्संरचना गर्ने गरी कम्पनीले यस्तो निर्णय लिएको हो । त्यसका लागि कम्पनीले १ अर्ब १० करोड डलर खर्च हुने बताएको छ । कम्पनीले नाफामा नरहेको बजारमा व्यवसाय नगर्न यस्तो कदम चालेको बताइएको छ । यसले कम्पनी अमेरिका, चीन, ल्याटिन अमेरिका र दक्षिण कोरियाली बजारमै बढी केन्द्रित हुनसक्ने देखिएको छ ।
त्यस्तै कम्पनीले दक्षिण पूर्वी एसियामा व्यवसाय विस्तारलाई पनि हाल स्थगित गरेको छ । पछिल्लो कदमले कम्पनीको नाफा बढ्ने बताइएको छ । जीएमले सन् २०१९ को खराब अवस्थाबाट सन् २०२० मा छुट्कारा मिल्ने अनुमान पनि गरेको छ । कम्पनीको अबको योजना विद्युतीय र स्वचालित कार विकास गर्ने रहेको छ ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा कम्पनीको व्यवसाय बन्द हुँदा ६ सय रोजगारी गुम्नेछ । त्यस्तै थाइल्यान्डको व्यवसाय बिक्रीले कम्पनीको १५ सय रोजगारीमा प्रभाव पर्नेछ । कम्पनीले यसअघि नै इन्डोनेसियाबाट ब्रान्डेड कार उत्पादन बन्द गरिसकेको छ । अफ्रिकी बजारबाट पनि कम्पनी बाहिरिसकेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया