Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा आकाशियो पेट्रोलियम भाउ

पाकिस्तानमा आकाशियो पेट्रोलियम भाउ


इस्लामावाद । पाकिस्तान सरकारले पेट्रोल र डिजेलमा दिँदै आएको सहुलियत हटाएको छ । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषसँग पैसा पाउनको लागि सब्सिडी (सहुलियत) हटाएको हो ।

सोही कारण इन्धनको मूल्य भने २९ प्रतिशतसम्मले बढेको बताइएको छ । पाकिस्तान सरकारले राज्यकोषको घाटा कम गर्न र मुद्रा संकटसँग जुधिरहेको अर्थव्यवस्थामा सुधार ल्याउन यो कदम चालेको बताइएको छ । प्रधानमनत्री शहबाज शरीफले नेतृत्व गरिरहेको सरकारले करिब २० दिनमा इन्धन सब्सिडीमा तेस्रोपटक कटौती गरेको हो ।

आईएमएफले पाकिस्तानलाई आर्थिक सहयोग गर्न इन्धनको सब्सिडी हटाउनुपर्ने शर्त राखेको थियो । योसँगै बढेको मूल्य बुधबार रातिदेखि नै लागू भएको छ । सब्सिडी हटाउँदा पेट्रोल र डिजेलको मूल्य आकाशिनपुगेको हो । पेट्रोलको मूल्यमा २४ रुपैयाँ प्रतिलिटर र डिजेलमा ५९.१६ रुपैयाँ प्रतिलिटर बढेको छ । यसले पाकिस्तानमा महंगी समेत बढ्न सक्नेछ ।

पाकिस्तानमा पेट्रोलको मूल्य मे २५ मा नै ६० रुपैयाँ वृद्धि गरिएको थियो । अहिले फेरि बढ्दा पेट्रोल प्रतिलिटर २३३.८९ रुपैयाँ, एचएसडी २६३.३१ रुपैयाँ र मट्टितेलको मूल्य २११.४७ प्रतिलिटर पुगेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x